६ आश्विन २०७८, बुधबार

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि



२७ असार, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको छ ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।

रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाका उपाधि जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।

२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । योसँगै राष्ट्रका लागि मरिमेटेर खेल्दा पनि लियोनल मेस्सीमाथि सधैँ लाग्ने गरेको आरोप गलत साबित भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको