२० जेष्ठ २०८०, शनिबार

कर्णाली प्रदेश उद्योग परिसंघको तदर्थ समिति गठन



२६ असार, सुर्खेत । नेपाल उद्योग परिसंघको आयोजनामा प्रस्तावित कर्णाली प्रदेश उद्योग परिसंघ स्थापनार्थ वीरेन्द्रनगरमा सम्पन्न आजको प्रारम्भिक भेलाबाट पूर्णप्रसाद आचार्यको अध्यक्षतामा १५ सदस्यीय  तदर्थ समिति गठन भएको छ l उक्त समितिको उपाध्यक्षमा विष्णुकुमार खड्का, अलक बहादुर शाही, छत्र बहादुर शाही र हरि बहादुर थापा रहनु भएको छ भने सदस्यहरूमा सरिता रावल, जय बहादुर बुढा, अम्मर बहादुर नेपाली, मनोज शाही, उगुना शाही, भानुभक्त खड्का, पुष्पाकुमारी शाही, वीर बहादुर नेपाली, कमल छत्याल र अजय बहादुर गिरी रहनुभएको छ l

उक्त प्रारम्भिक भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उद्योगको विकास र विस्तारबाट मात्र समृद्धि सम्भव भएको र त्यसको लागि सरकारी र निजि क्षेत्रको साझेदारी आवश्यक भएको दाबि गर्नुभयो l त्यसै गरी बागमती प्रदेश उद्योग परिसंघका  बरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले संगठित अभियानका साथ उद्योग व्यवसाय अगाडी बढाउनुपर्ने आवश्यकता औल्यानुभयो l उद्घाटन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा न. २ का वडा अध्यक्ष बल बहादुर रोकायले चुनावी खर्च वापत आएको रकमलाई सहकारी मार्फत काम सुरु गरेको अनुभव सुनाउदै सबैको सहयोग र सहकार्यमा समृद्धि सम्भव भएको बताउनुभयो l

उक्त भेलामा बोल्दै जुम्लाका पुराना उद्योगी धनपति बुढाले आफुले भारतमा गएर सिकेको उद्यम गर्न खोज्दा कसैले विश्वास नगरेको स्मरण गर्दै उद्यममै जीविका निर्वाह गरेको तर सरकारी अनुदान हुनेखानेका लागि मात्रै भएको गुनासो पोख्नुभयो l कार्यक्रममा  उद्योगी व्यवसायीहरू सुन्दर पन्त, हरि थापा, विष्णुकुमार खड्का, भानुभक्त खड्का, सरिता रावल लगायतकाले बोल्नुभएको थियो l

कालिकोटका व्यवसायी अजय गिरीको अध्यक्षता र रतन बहादुर शाहीको संचालनमा  भएको उक्त उद्घाटन सत्रको कार्यक्रममा स्वागत मन्तव्य पूर्ण प्रसाद आचार्यले गर्नुभएको थियो भने सम्पूर्ण प्रकियाको कानूनी सहजीकरण अधिबक्ता एवं मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक नारायणनाथ योगीले गर्नुभएको थियो l आजै नवनियुक्त तदर्थ समितिले सपथ ग्रहण समेत गरिसकेको छ l


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको