१९ जेष्ठ २०८०, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तको ८ करोड २८ लाखको आईपीओ आउँदै



२६ असार, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । आईपीओ निष्काशनका लागि गत ६ गते नै बोर्डमा निवेदन दिइएको संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईं ठकुरीले जानकारी दिए ।

अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको