२० जेष्ठ २०८०, शनिबार

गोरखाको भीमकुल सहकारीबाट यसरी चोरी भयो ३० लाख



२६ असार, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाको करिब ३० लाख नगद चोरी भएको छ । सहकारीका अध्यक्ष कृष्णकुमार श्रेष्ठका अनुसार शुक्रवार राति ३० लाख नगदसहित एउटा कम्प्युटर चोरी भएको हो ।

राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर तस्करहरू भित्र छिरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् । सेफ भित्र करिव ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछ ।’

संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए । सहकारीमा चोरी भएकोबारे आफुहरूलाई बिहान आठ बजे मात्र थाहा भएको श्रेष्ठले बताए ।

घटनास्थल बोर्लाङ प्रहरी चौकीको टोली पुगिसकेको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । उनले भने, ‘जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली पठाएइएको छ ।’

सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिए पनि पहिचान भने खुल्न नसकेको बताइएको छ । घटनास्थल पुगेको प्रहरी टोलीले थप अनुसन्धान अगाडि बढाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको