२० जेष्ठ २०८०, शनिबार

युनियन लाइफ इन्सुरेन्सको आइपीओमा तीन गुणा बढी आवेदन



२६ असार, काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार दिउसो ३ः३० बजेसम्ममा ११ लाख २८ हजार ३८४ जनाले १ करोड ८९ लाख ७९ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा यो ३.२६ गुणा बढी आवेदन हो ।

युनियनले बिहीबार (असार २४ गते) देखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ भने बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यस आइपीओमा असार २८ गतेसम्म सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको