एमालेको कर्मचारी संगठनले हेलम्बुमा १० लाखको जस्तापाता वितरण गर्दै
२६ असार, काठमाडौ । नेकपा (एमाले) सम्बद्ध नेपाल निजामती कर्मचारी संगठनले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका बाढी प्रभावितलाई जस्तापातासहित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । संगठनले बाढीले अत्यधिक नोक्सानी पुर्याएको हेलम्बुको वार्ड नम्बर २ क्युलका स्थानीयलाई १० लाख बराबरको जस्तापाता र अति आवश्यक स्वास्थ्य सामग्री वितरण गर्न लागेको संगठन पुर्व अध्यक्ष मोहनकुमार घिमिरेले बताए ।
घिमिरेका अनुसार कर्मचारी संगठनको टोली जस्तापाता र स्वास्थ्य सामग्री लिएर शनिबार हेलम्बु प्रस्थान गरेको छ । स्थानियको माग अनुसार आफुहरूले आवश्यक सामग्री जुटाएर त्यसतर्फ जान लागेको घिमिरेको भनाई छ । सिन्धुपाल्चोक हिंडेको कर्मचारी संगठनको टोलीलाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बिदाई गरेका छन् ।
बिदाइका क्रममा नेता नेपालले विपत्तिमा परेका जनसमुदायका लागि कर्मचारी संगठनले सहयोग गर्न खोज्नु निकै प्रसंसनिय कार्य भएको बताए ।