मिश्रले दिए ‘राजनीतिसँगै राजकाज’को रोयल्टी विवेकशिल साझालाई
२५ असार, काठमाडौं । विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’को लेखकश्व अर्थात् रोयल्टी वापतको २ लाख ५१ हजार आफ्नै पार्टीलाई बुझाएका छन् । कोरोना माहामारीकै बीच ३ महिनाअघि सार्वजनिक भएको उनको यो पुस्तक विक्री वापतको रकम प्रकाशक फाइनप्रिन्टले कर कटाएर पहिलो किस्तामा रू २ लाख ५१ हजारको चेक हष्तान्तरण गरेको हो।
मिश्रले सामाजि सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘मैले पुस्तकबाट प्राप्त लेखकश्व विवेकशील साझा पार्टीलाई प्रदान गर्ने जानकारी गराए अनुरुप सो चेक आज केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दिपक उप्रेतीलाई हष्तान्तरण गरेँ। भविष्यमा पनि गर्नेछु। तपाईँले पुस्तकप्रति देखाउनु भएको स्नेहका लागि अत्यन्तै आभारी छु।’
मिश्रले कोरोना महामारीको आर्थिक असर विवेकशील साझा पार्टीमा पनि नराम्रोसँग परेको बताउँदै सहयोगको याचना समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन, ‘हामीलाई धेरै शुभेच्छुकहरूले धेरै कुराहरू गरिदिए हुन्थ्यो भन्नुहुन्छ। तर हामीलाई घरभाडा तिर्नै मुस्किल परिरहेको छ। तपाईँको सहयोग भएन भने हामी अलपत्र पर्नेछौँ। र, यो संकटको घडीमा तपाईंको जति सकिन्छ त्यति सहयोगको अपेक्षा गर्दछौँ।’