खोपको माग गर्दै कर्णालीका शिक्षक आन्दोलनमा
२५ असार, सुर्खेत । कोरोना खोपको माग गर्दै कर्णालीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा आज(शुक्रबार) कर्णालीका १० वटै जिल्लामा शिक्षकहरु धर्नामा बसेका हुन् ।
जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाईमा शिक्षकहरुले बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म धर्ना बसेर ३४ बुँदे मागपत्र पेश गर्ने कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक महासंघ सुर्खेतका सह–अध्यक्ष एवम् जिल्ला आन्दोलन परिचालन समितिका संयोजक श्याम वलीको बताए । ‘शिक्षकहरुलाई तत्काल कोभिड–१९ को खोप उपलब्ध गराउनु पर्ने माग राख्दै धर्ना बसेका हौं ।’ उनले भने,‘राहत, अस्थायी, करार, साबिक उच्च मावि, वालकक्षाका शिक्षक र विद्यालय कर्मचारीहरुलाई दरबन्दी सिर्जना गरि स्थायीको प्रक्रियामा लिनु पर्ने माग हो ।’
माध्यमिक तहसम्मको शिक्षा पुर्ण रुपमा निःशुल्क हुनु पर्ने, शिक्षक अस्पतालको ब्यबस्था गर्नु पर्ने लगायतका माग राख्दै शिक्षकहरुको आन्दोलन निरन्तर रुपमा चलिरहेको छ कालिकोट शिक्षक महासंघका सदस्य पदमबहादुर मल्लले जानकारी दिए । ।