सुर्खेतमा असार ३१ गतेसम्म निशेधाज्ञा थप
२५ असार, सुर्खेत । गत बैशाख १४ गतेदेखि जिल्ला प्रशासन कार्यलय सुर्खेत लगाएको निषेधाज्ञा पुनः केही खुकुलो बनाउँदै थप एक हप्ताका लागि बढाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको हो ।
कोरोना संक्रमणको दर क्रमिक रुपमा कम हुँदै गएको जिल्लामा कोरोना संक्रमणको दर नरोकिएकाले थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘नागरिकको समस्यालाई मध्यनजर गर्दै केही खुकुलोका बनाएर निषेधाज्ञा थपिएको छ ।’ उनले भने,‘जिल्लामा केही काम गर्ने गरेर निषेधाज्ञा खुकुलो पारिएको हो ।’
औषधि र औषधि जन्य पदार्थको पसल र इन्धनका पम्पहरु २४ सै घण्टा, तरकारी फलफूल लगाएत दूधजन्य पदार्थका पसल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न सकिने र खाद्यन्न पसल लगाएत अत्यावश्यक सामग्रीको पसलहरु बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म, होटल रेष्टुरेन्टहरुले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवामार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै, गोष्ठी सभा सम्मेलन तालिम तथा कुनै पनि जमघटका कार्यमा रोक लगाएको छ ।
सम्पूर्ण निजी सवारी साधन भाडाका सवारी साधन सार्वजनिक यातायातका साधन जिल्ला भित्र संचालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।