१९ जेष्ठ २०८०, शुक्रबार

जेनी कुँवरको सुसाइड नोट– पुलिस दाइ मेरो ‘केस’मा कसैलाई केही नगर्नू




२५ असार, काठमाडौं ।
नायिका जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट प्रहरीले भेटाएको छ । उनले बिहीबार साँझ ९हिजो० आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

उनको सुसाइड नोट ‘वेड’मा भेटिएको थियो । सुसाइड नोटमा उनले आफ्नो मुद्दामा कसैलाई केही नगर्न भनेकी छन् ।

प्रहरी स्रोतका अनुसार जेनीको नोटमा भनिएको छ, ‘पुलिस दाइ नमस्ते । मेरो दिमागी हालत ठिक नभएर आत्महत्या गरेकी हुँ । मलाई घरको सबैले र श्रीमान र छोरीले पनि माया गर्नुहुन्छ । विरामले झनझन गाभ्दै गएकाले मैले आत्महत्या गरेकी हुँ । यो केसमा कसैलाई केही नगर्नुहोला ।’

निर्मात्री समेत रहेकी जेनीले चलचित्र मैदान, धुम, मिस्टर डन, हलचल, घायल, विन्ती पत्र, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायतमा काम गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको