कोभिड–१९ महामारीमा वैकल्पिक परीक्षा प्रणाली

रेशम बिष्ट
१८ भाद्र २०७७, बिहीबार
विश्वव्यापी रूपमा चलिरहेको कोरोना माहामारीको प्रलयले विश्वका हरेक नागरिकको जीवनको लय नै परिवर्तन गरिदिएको छ । संसारका साना ठुला र विकसित अविकसित सबै देशमा यो महामारीको व्यापक प्रभाव देखिएको छ । यो महामारीको प्रत्यक्ष असर नपर्ने क्षेत्र शायदै होलान् । हरेक देशका आर्थिक, सामाजिक, प्रशासनिक र शैक्षिक लगायतका क्षेत्रहरू कोभिड महामारीले प्रभावित भएका छन् । संसारभरका देशहरूले आ–आफनै मौलिकतामा बडो दुःखका साथ् कोरानाको कहर विरूद्ध सकी नसकी भिडिरहेका छन् । बिगत नौ महिना यता कोरानाको बदलिरहने सङ्क्रमण र प्रसारणको अवस्थालाई हेर्दा र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका यस महामारीसम्बन्धी थपिरहने नयाँ नयाँ सुचनाहरू हेर्दा यस्तो लाग्छ यो महामारीको बारेमा अहिलेसम्म यकिन तथ्यपूर्ण जानकारी स्वास्थ्य विज्ञानले पनि हासिल गर्न सकेको छैन । कोरना भाइरसका थुप्रै भ्रम र यथार्तता बीच समकालिन विश्वले ठुलो मुल्य चुकाइरहेको छ । संसार भर विभिन्न देशका वैज्ञानिकहरू कोरना विरूद्धको खोप र औषधीको खोजीमा अहोरात्र लागिरहेका छन् । यद्यपी हालसम्म आधिकारिक रूपमा यो सङ्क्रमणको निदान र उपचार गर्ने प्रभावकारी औषधी तथा खोप तयार भएको छैन ।
युनिस्कोको अप्रिल २०२० को तथ्याङ्कले स्पष्ट देखाउँछ कि कोभिड–१९ का कारण संसारका १९२ देशका १.६ विलियनभन्दा बढी विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित छन् । नेपालको सन्दर्भमा पनि विद्यालय तथा उच्च शिक्षा, सिटिइभिटी, अन्य प्राविधिक र अप्राविधिक गरी करिव ८८ लाख विद्यार्थी पढाइलेखाइबाट वञ्चित भएका छन् । हाल केहि स्कुल र विश्वविद्यालयले वैकल्पिक मोडबाट पठन पाठनको सुरुवात गरेपनि विश्वविद्यालयमा झण्डै ६ महिना अगाडि परीक्षाको अन्तिम तयारी गरिरहेका विद्यार्थीको परीक्षा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।
विद्यमान महामारीको यो चरम उत्कर्षको समयमा अन्य क्षेत्रसँगै शिक्षा क्षेत्रमा पनि यसको ठुलो प्राभाव परेको देखिन्छ । यो विषम महामारीमा पढ्ने विद्यार्थी, पढाउने शिक्षक र पढ्न पठाउने अभिभावक सबैलाई यसले निम्त्याएको अन्यौलताले गिजोलिरहेको छ । युनिस्कोको अप्रिल २०२० को तथ्याङ्कले स्पष्ट देखाउँछ कि कोभिड–१९ का कारण संसारका १९२ देशका १.६ विलियनभन्दा बढी विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित छन् । नेपालको सन्दर्भमा पनि विद्यालय तथा उच्च शिक्षा, सिटिइभिटी, अन्य प्राविधिक र अप्राविधिक गरी करिव ८८ लाख विद्यार्थी पढाइलेखाइबाट वञ्चित भएका छन् । हाल केहि स्कुल र विश्वविद्यालयले वैकल्पिक मोडबाट पठन पाठनको सुरुवात गरेपनि विश्वविद्यालयमा झण्डै ६ महिना अगाडि परीक्षाको अन्तिम तयारी गरिरहेका विद्यार्थीको परीक्षा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । यो विषम परिस्तिथिका बीच पनि सरकारी तवरबाट अन्यौलतामा रूमलिरहेका विद्यार्थीहरूको वैकल्पिक शिक्षण सिकाइ तथा मुल्याङ्कन पद्धति बारे ठोस नीतिगत निर्णय नहुँदा अन्यौलता अझ बढी चुलिएको छ । यद्यपि सरकार र केहि विश्वविद्यालयहरूले सामान्य वैकल्पिक सिकाइ र मुल्याङ्कन पद्धतिका बारेमा नीतिगत निर्णय गरे पनि पूर्ण रूपमा कार्यान्वयन भने अहिलेसम्म हुन सकेको देखिदैन ।
यतिबेला शिक्षा क्षेत्रमा सङ्ग्लन आम प्राध्यापक र बुद्धिजिवीहरू बीच वैकल्पिक शिक्षण सिकाइ र मुल्याङ्कन प्रारूपका बारे बहस सुरु भएको छ । महामारीको सुरुवातीका दिनमा यसको प्रभाव लामो समय नजाने आँकलन गरेर वैकल्पिक शिक्षण सिकाइ र मूल्याङ्कन पद्धति चासोको विषय बनेन् । सरकार पनि मौन रह्यो साथै उच्च शिक्षा प्रदान गर्ने निकायहरू पनि महामारीको सङ्कट रोकिने दिनको प्रतिक्षा गरेर बसे तर कोभिड महामारीको प्रभाव तुरुन्त समधान नहुने सङ्केत देखिए पछि वैकल्पिक शिक्षण सिकाइ र मूल्याङ्कन पद्धतिको खोजीमा बहस केन्द्रित हुन थालेको छ । यस आलेखमार्फत् नेपालका उच्च शिक्षामा वैकल्पिक मुल्याङ्कन पद्धतिका बारे छलफल गर्ने प्रयत्न गरिएको छ । विश्वका विभिन्न देशहरूले कस्ता–कस्ता मुल्याङ्कन परिपाटी अवलम्वन गरेका छन् त्यस्ता मुल्याङ्कन पद्धति नेपालको उच्च शिक्षामा अनुकरणिय छन् या छैन ? साथै यहाँको भूगोल सुहाउँदो मुल्याङ्कन प्रणाली कस्तो हुन सक्छ भन्ने बारे यस आलेखमार्फत् उल्लेख गर्ने प्रयास गरिएको छ । नेपालमा उच्च शिक्षामा वैकल्पिक पठनपाठन तथा मुल्याङ्कन प्रणालीको अहिले चलिरहेको बहसमा केन्द्रित रही अबको शिक्षालाई यो महामारीका बीच कसरी अगाडी लैजान सकिन्छ भनेर केहि सुझाव अगाडि सारिएको छ ।
उच्च शिक्षामा बैकल्पिक मुल्याङ्कन पद्धतिका अन्तर्राष्ट्रिय अभ्यास
यतिबेला संसारका धेरै विश्वविद्यालयहरू आफ्नो स्रोत साधन अनुरूप विभिन्न मुल्याङ्कनका प्रारूपमा आफ्ना विद्यार्थीका परीक्षाहरू सञ्चालन गरिरहेका छन् । विशेष गरी प्रविधिको सहज पहुँच भएका विकसित देशहरू जस्तै इटाली, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, बेलायत, अमेरिका आदि जस्ता देशहरू दुरशिक्षा सिकाइको प्रारूप अनुसार यो महामारीको सङ्कटका बीच अध्ययन अध्यापन र मुल्याङ्कन प्रक्रिया अगाडि बढाइरहेका छ । त्यस्ता देशहरूले महामारीका बीच तुरुन्त ई–सिकाइका विभिन्न प्लेटफर्महरू जस्तै नुडल, एल. एम. एस., जुम र गुगल क्लाउड प्रयोग गरी परम्परागत शैक्षिक प्रारूपलाई नयाँ मोडमा रूपान्तरण गरे । ती देशहरूमा महामारी अगाडि पनि धेरै जस्तो विश्वविद्यालयहरूले ई–सिकाइको प्रविधिलाई प्रयोग गरिरहेका थिए । त्यसैले त्यस्ता देशलाई तुरुन्त ई–सिकाइ तथा मुल्याङ्कन प्रविधिमा रूपान्तरण हुन सजिलो भयो । त्यस्ता देशहरूमा तत्काल शिक्षामा सरोकार राख्ने, प्राध्यापक, प्रकाशक, शैक्षिक संस्था सबै मिलेर डिजिटल अध्ययन अध्यापन सामाग्रीहरू तयार गरेर विद्यमान परम्परागत सिकाइ तथा मुल्याङ्कन प्रणालीलाई अनलाइनमा रूपान्तरण गरे । भारत र चीन जस्ता विश्वको ठुलो जनसङ्ख्याको हिस्सा ओगटेका देशले राष्ट्रिय स्तरमा ई–सिकाइ प्रोटल स्थापना गरी आम विद्यार्थी र शिक्षकलाई सहज पहुँच प्रदान गरे ।
अर्को तर्फ जुन जुन देश प्राविधिक स्रोत साधनमा कमजोर छन् त्यस्ता देशहरूले परम्परागत शैक्षिक सिकाइलाई परम्परागत सञ्चारका माध्यमहरूको रेडियो टेलिभिजनको प्रयोग गरी शैक्षिक गतिविधिलाई वैकल्पिक धारमा रूपान्तरण गरे । त्यसैगरी दक्षिण अमेरिका केहि देशहरू अर्जेन्टिना, चीली र ब्राजिल जस्ता देशहरूले रेडियो, टेलिभिजन, मोबाइल, युट्युब र इन्टरनेट प्रोटल दुबैको प्रयोग गरी मिश्रित मोडेलमा अहिलेको महामारीमा पठनपाठनलाई अगाडि बढाएको देखिन्छ । एसियाका केहि देशहरूले पनि उल्लेखित मिश्रित मोडालिटीको वैकल्पिक पद्धतिको उपयोग गरेको देखिन्छ ।
विश्वका केहि विश्वविद्यालयका आधिकारिक प्रोटलहरू हेर्दा कोभिड–१९ को विषम परिस्तिथिमा सञ्चालनमा रहेका वैकल्पिक परीक्षा सञ्चालन तथा मुल्याङ्कन विधिहरू अनलाइन प्रविधि, खुल्ला किताब, आन्तरिक तथा अघिल्लो सेमेस्टरको प्राप्ताङ्कका आधारमा मुल्याङ्कन, अप्लिकेशनको प्रयोग, बहु–वैकल्पिक प्रश्नको प्रयोग, भर्चयुल ल्याव र सामाजिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने लगायतका विभिन्न विधिहरू प्रयोग गरी परीक्षाहरू सञ्चालन गरेको पाइन्छ ।
विगत लामो समयदेखि विश्वका अधिकाश विश्वविद्यालयहरूले सैद्धान्तिक र प्रयोगात्मक परीक्षामार्फत् विद्यार्थीको मुल्याङ्कन गरिरहेका छन । सैद्धान्तिक परीक्षा अन्तर्गत बार्षिक परीक्षा, सत्रान्त परीक्षा र आन्तरिक मुल्याङ्कन पर्दछन भने प्रयोगात्मक परीक्षा अन्तर्गत स्थलगत सर्वेक्षण, प्रतिवेदन लेखन, मौखिक परीक्षा, ल्यावमा हुने परीक्षा र शिक्षण अभ्यास लगायतका प्रयोगात्मक परीक्षाका विधिहरू प्रचलनमा छन् । त्यस्ता सवै परीक्षाहरू सहज परिस्तिथिमा प्रायजसो भौतिक उपस्तिथिमा सञ्चालन हुने गर्दछन् । तर अहिलेको कोभिड महामारीको विद्यमान अवस्थामा भौतिक उपस्तिथिमा त्यस्ता परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले संसारभरका विभिन्न उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरूले विभिन्न माध्यमको प्रयोग गरी अध्ययन अध्यापनसँगै परीक्षा तथा मुल्याङ्कन पद्धतिलाई वैकल्पिक माध्यममा रूपान्तरण गरिरहेका छन् । विश्वका केहि विश्वविद्यालयका आधिकारिक प्रोटलहरू हेर्दा कोभिड–१९ को विषम परिस्तिथिमा सञ्चालनमा रहेका वैकल्पिक परीक्षा सञ्चालन तथा मुल्याङ्कन विधिहरू अनलाइन प्रविधि, खुल्ला किताब, आन्तरिक तथा अघिल्लो सेमेस्टरको प्राप्ताङ्कका आधारमा मुल्याङ्कन, अप्लिकेशनको प्रयोग, बहु–वैकल्पिक प्रश्नको प्रयोग, भर्चयुल ल्याव र सामाजिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने लगायतका विभिन्न विधिहरू प्रयोग गरी परीक्षाहरू सञ्चालन गरेको पाइन्छ ।
संसारका केहि प्रतिनिधि विश्वविद्यालयका प्रोटल अध्ययन गर्दा युरोपका धेरै विश्वविद्यालहरू खुल्ला किताब परीक्षा प्रणाली प्रयोग गरी यो विषम परिस्तिथिमा परीक्षा सञ्चालन गरिरहेको पाइयो । त्यस्तै जर्मनका धेरै जिश्वविद्यालयले भौतिक दूरी कायम गरी आवश्यक स्वास्थ्य सुरक्षासम्बन्धी व्यबस्था गरी विद्यार्थीको परीक्षा सञ्चालन गरेको पाइयो । त्यस्तै बेलायतले अनलाइन परीक्षा प्रणालीका विभिन्न मोडेल प्रयोग गरी परीक्षा सञ्चालन गरेको पाइयो ।
यता भारतीय महाद्दिपमा केहि विश्वविद्यालयहरूले खुल्ला किताबको प्रयोग गरेका छन् भने केही विश्वविद्यालयहरू कोभिड–१९ महामारीको समाप्ती पछि मात्र विद्यार्थीको मूल्याङ्कन गर्ने योजनाका साथ कोभिड प्रकोप अन्तको प्रतिक्षा गरी बसिरहेका छन् । साथै केहि विश्वविद्यालयले तत्कालै विद्यार्थीको सेमेस्टर अपग्रेड गरी नयाँ सेमेस्टर सञ्चालन गर्ने र पछी अनुकूल समयमा मुल्याङ्कन हुन् बाँकी सेमेस्टरको परीक्षा सञ्चालन गर्ने गरी नयाँ सेमेस्टरको अध्ययन अध्यापनमा लागिरहेका छन् । यसरी केहि प्रतिनिधि विश्वविद्यालयहरूको अवस्था हेर्दा आफ्नो अनुकुलता अनुरूप विभिन्न प्रकारका मोडेलहरू प्रयोग गरेको पाइयो । संसारभरका विभिन्न विश्वविद्यालयमा प्रचलनमा रहेका विभिन्न मोडेलहरू मध्ये हाम्रो देशको भूगोल र शैक्षिक प्रणाली सुहाउँदा केहि उपयोगी विद्यार्थी मुलायांकनका प्रारूपहरूको बारे तल चर्चा गरिएको छ ।
खुल्ला किताब परीक्षा
खुल्ला किताब परीक्षा प्रणाली अहिलेको समयमा सबभन्दा धेरै प्रयोग गरेको प्रणाली हो । यस मुल्याङ्कन प्रणालीले विद्यार्थीको ज्ञानको भन्दा पनि सिप र क्षमताको स्तर मापन गर्दछ । यदि नेपाल खुल्ला किताब परीक्षा प्रणालीमा जाने हो विगतको परम्परागत प्ररिक्षाको प्रश्न पत्र निर्माणभन्दा भिन्न प्रकृतिका प्रश्न पत्र निर्माण गर्नुपर्छ । विद्यार्थीको विषयवस्तु प्रतिको मौलिक सिप, क्षमता, दृष्टिकोणको मापन गर्ने गरी प्रश्नपत्र निर्माण गर्नु पर्ने हुन्छ । विद्यार्थीको आलोचनात्मक चेतको विकास गर्नका लागि उनीहरूको सिप र ज्ञानको परिक्षण गर्ने गरी प्रश्नपत्र तयारी गर्नु पर्छ ।
खुल्ला किताब परीक्षा प्रणाली अहिलेको समयमा सबभन्दा धेरै प्रयोग गरेको प्रणाली हो । यस मुल्याङ्कन प्रणालीले विद्यार्थीको ज्ञानको भन्दा पनि सिप र क्षमताको स्तर मापन गर्दछ । यदि नेपाल खुल्ला किताब परीक्षा प्रणालीमा जाने हो विगतको परम्परागत प्ररिक्षाको प्रश्न पत्र निर्माणभन्दा भिन्न प्रकृतिका प्रश्न पत्र निर्माण गर्नुपर्छ । विद्यार्थीको विषयवस्तु प्रतिको मौलिक सिप, क्षमता, दृष्टिकोणको मापन गर्ने गरी प्रश्नपत्र निर्माण गर्नु पर्ने हुन्छ । विद्यार्थीको आलोचनात्मक चेतको विकास गर्नका लागि उनीहरूको सिप र ज्ञानको परिक्षण गर्ने गरी प्रश्नपत्र तयारी गर्नु पर्छ । यो परीक्षा सञ्चालनकाका लागि आवश्यक मापदण्ड र प्रमुख शर्त हो । जसका लागि क्याम्पस तथा विश्वविद्यालयले यो विषम परिस्तिथिमा एक पटकका लागि नीतिगत निर्णय गर्नु आवश्यक हुन्छ । उपयुक्त मोवाइल अप्लिकेशन वा शैक्षिक संस्थाको आधिकारिक प्रोटलबाट परीक्षा सञ्चालन गर्न सकिन्छ । सम्बन्धित शैक्षिक संस्थाको आधिकारिक प्रोटलमार्फत् परीक्षा सञ्चालन गर्दा विद्यार्थीहरूसँगको परामर्श पश्चात् निश्चित समयमा प्रश्न पत्र अपलोड गर्ने र विद्यार्थीले सोहि प्रोटलबाट प्रश्न पत्र डाउनलोड गरी विद्यार्थीहरू परीक्षा सङ्लग्न भई तोकिएको समय सिमा भित्र त्यहि प्रोटलमा उत्तर पुस्तिका अपलोड गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।
यदि सबै बिद्यार्थीसंग ई–मेल आइडी छ भने सबैको ई–मेलमार्फत् पनि प्रश्न पत्र पठाई खुल्ला किताब परीक्षा प्रणाली अबलम्बन गर्न सकिन्छ । प्रश्नपत्र प्राप्त गरिसके पछी विद्यार्थीले विभिन्न अध्ययन सामाग्रीहरूको प्रयोग गरी परीक्षा दिन्छन् । सामान्यतय यो प्रकृतिको परीक्षा प्रणालीबाट परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई परम्परागत प्रारूपमा लिइने परीक्षाको समयभन्दा अलि बढी समय प्रदान गर्नु पर्छ भन्ने मान्यता राखिन्छ । यस किसिमको परीक्षा प्रणाली अख्तियार गर्दा विद्यार्थीको उत्तरमा मौलिकता भए नभएको जाँच गर्ने वा चोरीलाई निरुत्साहित गर्न चोरी परिक्षण गर्न सफ्टवेरको प्रयोग गर्न सकियो भने उपयुक्त हुन्छ ।
आन्तरिक मुल्याङ्कन र मौखिक परीक्षा
यस्तो प्रकृतिको परीक्षाको प्रारूप सञ्चालन गर्न परीक्षा नियन्त्रण तथा डिन कार्यलयहरूबाट सञ्चालन गर्न सम्भव हुँदैन । बिषयहरूको फरक–फरक प्रकृति अनुसार मुल्याङ्कनका आधारहरू सोहि अनुरूप तयार गर्नुपर्ने भएकाले यसका लागि सम्बन्धित क्याम्पस, विभाग र शिक्षण समितिले एउटा परीक्षा समिति गठन गर्नु पर्ने हुन्छ । यस्तो प्रकृतिको परीक्षा प्रणाली बिशेष गरी सेमेस्टर प्रणालीमा अध्ययन अध्ययापन गरिरहेका विश्वविद्यालयहरूका लागि बाञ्छनीय मानिन्छ । यसको व्यवस्थापनका लागि सम्बन्धित क्याम्पस वा कलेजका विभाग र शिक्षण समितिले निर्माण गरेको परीक्षा समितिले परीक्षा अगावै आवश्यक मौखिक परीक्षाको विषयवस्तु र समय निर्धारण गर्ने, परीक्षा सञ्चालन गर्ने माध्यमको तय गर्ने, मौखिक परीक्षाको अङ्क भार, अघिल्लो सेमेस्टरको मुल्याङ्कनका आधारमा प्रदान गरिने अङ्क भार आदि लगायतका तयारी पुरा गर्नु पर्ने देखिन्छ । विश्वविद्यालयले नीतिगत रूपमा मुल्याङ्कनका आधारहरू तयार गरी आफ्नो मातहतका क्याम्पस तथा विभागहरूलाई पनि निर्देशन गर्न सक्छ । यस्तो प्रकृतिको परीक्षा नेपालको सन्दर्भमा धेरै विश्वविद्यालयमा लागु गर्न सकिन्छ । आन्तरिक मुल्याङ्कन र मौखिक परीक्षा प्रणालीको अभ्यास गर्दा महत्वपूर्ण पक्ष भनेको विद्यार्थीको विषयवस्तुको ज्ञान सिप र क्षमताको मुल्याङ्कन हुने गरे मुल्यांकनका आधारहरू तय गर्नु पर्छ ।
अनलाइन परीक्षा
अहिलेको वर्तमान विषम अवस्थामा अनलाइन मोडबाट परीक्षा सञ्चालन गर्नु नेपाल जस्ता देशहरूको हकमा एकदम चुनौतीपूर्ण देखिन्छ । अनलाइन परीक्षा प्रणाली वैकल्पिक धारको उपयुक्त परीक्षा प्रणाली भए तापनि अनलाइन परीक्षा प्रणाली हाम्रो देशमा तत्काल लागु गर्न ज्यादै महँगो हुनसक्छ । साथै नीतिगतरूपमा पनि यो प्रणाली लागु गर्न समस्या आउन सक्छन । किनभने हाम्रा कलेज, क्याम्पस र विभागहरूले यो प्रविधिलाई अवलम्बन गर्न सक्ने अवस्था छैन । हाम्रो देशको विभिन्न ठाउँमा रहेका सबै विद्यार्थीहरूमा यस किसिमको परीक्षा प्रणाली अनुरूपको प्रविधिको पहुँच नहुन सक्छ । यस प्रकृतिको परीक्षा प्रणालीमा परीक्षा सञ्चालन तथा अनुगमनका लागि ज्यादै उपयोगी भए तापनि यसका लागि आवश्यक प्रविधिको व्यवस्थापन गर्न नेपालका सबै स्थानमा सम्भब नहुन सक्छ । तर देशको ठुला शहरका प्रविधि मैत्री उच्च शिक्षा प्रदायक संस्थाहरूले यो पद्धति अनुशरण गर्न सक्छन । अहिलेको विषम परिस्तिथिलाई उपयोग गर्दै यस किसिमको परीक्षा प्रणाली लागु गर्न सके भविष्यका लागि उपयुक्त हुने देखिन्छ ।
नेपालका उच्च शिक्षाको मुल्यांकन प्रणालीमा अबको विकल्प ?
नेपालको विद्यमान प्रविधिको पहुँचको अवस्था ख्याल नगरी जवर्जस्त एउटा मात्र अनलाइन पद्धतिमा परीक्षा सञ्चालन गर्दा यसले डिजिटल प्रविधिको पहुँच हुने र नहुने बीच विभेद हुन सक्छ । उन्नत प्रविधिको पहुँच र ज्ञानबाट बाहिर रहेका विद्यार्थी परीक्षामा सहभागिताबाट बञ्चित हुन सक्छन् । हाम्रो सिकाइको विविधता अवसर र पहुँचको समेत विविधताका आधारमा मुल्याङ्कन पद्धतिमा पनि विविधता ल्याउनु आवश्यक छ । नेपालका विश्वविद्यालयहरूले विद्यार्थीको क्षमताको परम्परागत प्रारूप गरिने मुल्याङ्कनको गुणस्तर कायम हुने गरी आफ्नो अनुकुलताको वैकल्पिक मुल्याङ्कन प्रणाली सञ्चालनमा ल्याउनुको विकल्प देखिदैन ।
कोभिड महामारीको विषम परिस्तिथिमा वैकल्पिक परीक्षा प्रणालीको बहस विश्वविद्यालयहरूमा सघन भएर आएको छ । यद्यपि नेपालको विद्यमान प्रविधिको पहुँचको अवस्था ख्याल नगरी जवर्जस्त एउटा मात्र अनलाइन पद्धतिमा परीक्षा सञ्चालन गर्दा यसले डिजिटल प्रविधिको पहुँच हुने र नहुने बीच विभेद हुन सक्छ । उन्नत प्रविधिको पहुँच र ज्ञानबाट बाहिर रहेका विद्यार्थी परीक्षामा सहभागिताबाट बञ्चित हुन सक्छन् । साथै नेपालका उच्च शिक्षा प्रदायक विश्वविद्यालयहरूको पठनपाठन प्रणालीहरूमा विविधता रहेको छ केहि विश्वविद्यालय सेमिस्टर प्रणालीमा कार्यक्रम सञ्चालन गरेका छन् भने केही बार्षिक परीक्षा प्रणालीमा शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गरिरहेका छन् । यस तथ्यलाई पनि मध्यनजर गरी हाम्रो सिकाइको विविधता अवसर र पहुँचको समेत विविधताका आधारमा मुल्याङ्कन पद्धतिमा पनि विविधता ल्याउनु आवश्यक छ । साथै केहि ठुला शहर र राजधानी केन्द्रित शैक्षिक संस्थाहरू प्रविधि मैत्री छन् । तर ग्रामीण क्षेत्रमा रहेका शैक्षिक संस्थाहरू त्यस्ता संस्थामा अध्ययन गर्ने विद्यार्थी प्रविधिको पहुँचबाट टाढा छन् । यस्तो विद्यमान अवस्थामा सबै तिर अनलाइन मोडबाटै विद्यार्थीहरूको परीक्षा लिन खोज्नु बुद्धिमतापूर्ण निर्यण नहुन सक्छ । त्यसैले उच्च शिक्षा प्रदान गर्ने संस्था र त्यहाँ अध्ययनरत विद्यार्थीको प्रविधिमा पहुँचको आधारमा परीक्षाका विभिन्न मोडहरू मध्ये उपयुक्त प्रारूपको खोजी गर्न आवश्यक छ । हामीले धेरै लामो समयसम्म कोभिड महामारीको अन्त्यको प्रतिक्षामा रह्यौं अहिलेको विषम परिस्तिथी तुरुन्तै सहज बन्ने अवस्था देखिँदैन । त्यसैले नेपालका विश्वविद्यालयहरूले विद्यार्थीको क्षमताको परम्परागत प्रारूप गरिने मुल्याङ्कनको गुणस्तर कायम हुने गरी आफ्नो अनुकुलताको वैकल्पिक मुल्याङ्कन प्रणाली सञ्चालनमा ल्याउनुको विकल्प देखिदैन ।
(लेखक बिष्ट मध्यपश्चिमाञ्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतमा परीक्षा सह–प्रमुख हुन् ।)