२९ आश्विन २०७८, शुक्रबार

भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन




एजेन्सी । प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ ।

उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो । हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो ।

कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । उनीहरूका सन्तान छैनन् ।

कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो ।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए ।

उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो ।

हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो ।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए ।

कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन् ।

‘दिलीप कुमार भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए । उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनीभन्दा कुशल अभिनेता भने छैनन् ।’

‘उनी आफ्नो समयका सबैभन्दा अब्बल’ ट्रयाजिक अभिनेता थिए तर हास्य विधामा पनि सफल भए, उनले भने ।

मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास र मुग़ल ए आज़म जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको