१२ जेष्ठ २०८०, शुक्रबार

सकियो कार्यदल बैठक, भोलिको बैठकमा सहमति हुने दाबी




२३ असार, काठमाडौं
। सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको आजको बैठकले सकारात्मक मोड लिएको र भोलि फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको विवाद समाधान निष्कर्षउन्मुख भएको र भोलिको बैठकले टुंग्याउने उनले दाबी गरे । उनले भने, ‘आजको छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ ।’

एमालेको कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको