३० आश्विन २०७८, शनिबार

मुलुकभर ११२० कोरोना सङ्क्रमित थपिए, १२ को मृत्यु



१७ भाद्र, काठमाडौं । गएको २४ घण्टाभित्र मुलुकभर ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उल्लिखित संख्याका सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आज काठमाडौं उपत्यकामा ३८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना सङ्क्रमित थपिएका छन् ।

बुधबार थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत ११ सय १२ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या १८ हजार १ सय ८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा देशभर कोरोनबाट १२ जनाको मृत्यु भएको छ । यो संख्यासहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको