२३ जेष्ठ २०८०, मंगलवार

मध्यराती पर्वतमा भीषण बाढी, हाइलक्स गाडीसहित ३ बेपत्ता



२३ असार, पर्वत । पर्वतमा गएराति ११ बजे आएको भीषण बाढीमा परी एक गाडीसहित ३ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढीमा परी न बा २३ प ३६४२ नम्बरको हाइलक्स गाडीसहित ३ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा राजाराम आचार्य, इन्द्र चौधरी र १ जनाको नाम खुल्न बाँकी छ । उनीहरू लामा कन्सट्रक्शका सदस्य रहेको खुलेको छ । प्रत्यक्षदर्शी कल्पना सापकोटाका अनुसार बाढीले २ वटा होटेल समेत बगाएको छ ।

बाढीपछि सडक समेत पूर्णरूपमा अवरूद्ध भएको छ । स्थानीय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको सापकोटाले रारापाटीलाई जानकारी दिइन् ।

वर्षायाम सुरूभएसँगै देशमा विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भएको छ ।

फोटोः कल्पना सापकोटाको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको