१६ आश्विन २०८०, मंगलवार

तामाकोशीमा विद्युत् उत्पादन भएपछि गोकर्ण बिष्टले सम्झिएः शिलान्यास गरेको त्याे दिन




२२ असार, काठमाडौं । बहुचर्चित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेपछि पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले आयोजना बनाउनका लागि तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल र आफ्नो भूमिका रहेको बताएका छन् । आयोजनाको प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि पूर्व मन्त्री बिष्टले सामाजिक संजालमार्फत तत्कालिन प्रधानमन्त्री बिष्ट र आफ्नो बिषेश भूमिका रहेको बताएका हुन् ।

‘म ऊर्जा मन्त्री भएको बेला २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको नेपाली लगानीमा निर्मित माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) ले आजबाट उत्पादन शुरु गरेकोमा मलाई गौरव लागिरहेको छ ।’ उनले सामाजिक संजाल फेसबुकमा तत्कालिन अवस्थामा उद्घाटन गरिएको आयोजनाको फोटो राख्दै लेखका छन्, ‘आयोजनालाई यहाँसम्म ल्याउन योगदान गर्नुहुने सम्बन्धित सबैलाई धन्यवाद । त्यो बेला अनेकन समस्याहरूलाई पार गर्दै माथिल्लो तामाकोशी आयोजनाको शिलान्यास गरिएको थियो ।’
त्यो आयोजना बनाउनका लागि नेपाली कांग्रेसका दिवङ्गत भीमबहादुर तामाङ र नेकपा एमाललेका दिवङ्गत नेता पशुपति चौलागाईको भूमिका रहेको बिष्टले उल्लेख गरेका छन् । ‘शिलान्यासका लागि राजनैतिक वातावरण अनुकूल बनाउन महत्त्वपूर्ण योगदान गर्नुहुने नेपाली काङ्ग्रेसका नेता दिवङ्गत भीम बहादुर तामाङ र नेकपा एमाले पोलिटब्युरो सदस्य दिवङ्गत कमरेड पशुपति चौलागाईंलाई यो क्षणमा विशेष रूपमा स्मरण गर्न चाहन्छु ।’

तामाकोशी आयोजनाले निमार्ण सुरु भएको आयोजनाले ११ वर्षपछि उत्पादन थालेको हो । २०६७ सालबाट आयोजना निमार्ण सुरु भएको हो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार पहिलो युनिटबाट ७६ मेगावाट व्यवसायिक विद्युत् उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसको एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने उनले जानकारी दिए । ‘२ सय २० केभी देवीटार सबस्टेसनबाट प्रसारण लाइनमा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छौं,’ उनले भने, ‘बाट औपचारिक रुपमै विद्युत् उत्पादन सुरु भएको छ ।’

तामाकोसी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट भर्चुअल रुपमा स्विच थिचेर ओयोजनाको उद्घाटन भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको