१४ जेष्ठ २०८०, आईतवार

अबैध रुपमा संचालन गरिएको आयुर्वेद क्लिनिक सिल




२२ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दर्ता नै नगरी अबैध रुपमा आयुर्वेद स्वास्थ्य क्लिनिक सिल गरिएको छ । वीरेन्द्रनगर–६ को मंगलगढी चोकमा रहेको माता मनकामना आयुर्वेद क्लिनिक सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको पहलमा दर्ता बिना नै संचालन आएको क्लिनिक सोमबार प्रदेश आयुर्वेद औषधालयले सिल गरेको हो ।
क्लिनिकले निसन्तालाई सन्तान बनाउने, यौन शक्ति बढाउने, फिस्टुला, पायल्स, हाइड्रोसिलजस्ता रोगको ग्यारेण्टीका साथ उपचार गर्ने बहानामा महँगो शुल्क असुलेर सर्बसाधारण विरामी ठग्दै आएको गुनासोको आधारमा खोजतलास गरी सोमबार दिउँसो क्लिनिक सिल गरिएको औषधालयका डा.शंकरप्रसाद रिजालले बताए । ‘सर्वसधारणलाई आयुर्वेद उपचारको नाममा गैरकानुनी ठगी गरेको उजुरी परेपछि क्लिनिकको अनुगमन गरिएको हो ।’ डा.रिजालले भने, ‘निसन्तानलाई सन्तान बनाउने, यौन कमजोरी दुर गराउने, यौन सम्बन्धि सबै रोगको उपचार र मानसिक समस्या हटाउने जस्ता भ्रामक प्रचार गरि डाक्टर विना नै कविराजले क्लिनिक सञ्चालन गरिरहेको पाईयो ।’
अनमुगमन क्रममा क्लिननिकबाट उपभोग मिति, औषधिको मात्रा र मूल्य उल्लेख नगरेको, लेभल नभएको, म्याद नाघेका औषधि, दर्ता विनाकै यौनबर्धक औषधि, दर्ता विनाकै प्रयोगशाला संचालन गरेको पाईएको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको