२१ मंसिर २०७८, मंगलवार

सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हट्यो




२२ असार, सुर्खेत । सुर्खेतमा सार्वजनिक यातायात साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाएको छ । कोरोना भाइरसको महामारी अन्त्य नभएको भन्दै गत असार १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जोरबिजोर प्रणालीमा यातायातका साधन चल्न दिएको थियो ।

सार्वजनिक सवारी साधान संचालनमा जोरविजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘सबै सवारी साधानमा जोर विजोर प्रणाली हटाइएको हो ।’ उनले भने,‘तर जोर विजोर प्रणाली हटाइएपनि सवारी संचालनमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको