१६ आश्विन २०८०, मंगलवार

भारत–चीन सिमामा झडप हुँदा एक भारतीय सुरक्षाकर्मीको मृत्यू !



१७ भाद्र, काठमाडौं । लद्दाखको पाङ गोङ ताल क्षेत्रमा भएको तनाव र हताहतीबारे भारत र चीन दुवै पक्षले केही बताएका छैनन् । राजनीतिक र उच्च सैन्य तहमा दुवै पक्ष संयमित देखिएका छन् । तर यता बेलायती पत्रिका गार्डियनले ३० र ३१ अगस्टमा ४८ घण्टाबीच भएको झडपमा १ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको बताएको छ ।

निर्वासित तिब्बती संसद सदस्य नाम्ग्याल डोल्करका अनुसार तिब्बती मूलका भारतीय सैनिकको मृत्यू भएको कुरा दिँदै गार्डियनले प्रकाशित गरेको छ । भारत र चीनले यस बारेमा थप केही नबोल्नु तर विदेशी पत्रिकाबाट यस्तो समाचार आउनु आफैमा अर्थपूर्ण मानिएको छ ।

यता रुसी रक्षा मन्त्री सर्गेइ सोइगुको आयोजनामा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे सहितको साङघाई कोपरेसनको बैठक आजदेखि मस्कोमा हुन गइरहेको छ । कतिपयले चीन र भारतबीच कुराकानीका लागि रुसले मध्यस्थता गर्ने या उनीहरुबीच आपसी कुराकानीको वातावरण बनाउन सहयोग गर्ने अनुमान गरेका छन् ।

यो बैठकको सिलसिलामा रुस र चीनका रक्षा मन्त्रीबीच आपसी हितका विषयमा कुरा हुन सक्ने कुरा भारतीय रक्षामन्त्री सिंहले ट्वीटरमा बताएको कुरा साउथ चाइना मार्निङ पोष्टले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको