१६ श्रावण २०७८, शनिबार

ओली र नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी, एकताबद्ध एमालेको सन्देश दिने




२१ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार कार्यकर्तामाझ एकताबद्ध एमालेको सन्देश प्रवाह गर्न लागेका छन् ।

एकताबारे साझा सहमतिको प्रस्ताव तयार गर्न गठित कार्यदल ब्युँतिएसँगै त्यसले संयुक्त विज्ञप्तिको मस्यौदा बनाउने तयारी गरेको छ ।

ुएकताको पक्षमा रहेका कार्यकर्ताहरूका लागि आज उत्साहजनक र महत्त्वपूर्ण सन्देश आउन सक्छ त्यसका लागि गृहकार्य भइरहेको छ,ु कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संयोजक रहेका सुवास नेम्वाङले जानकारी दिए ।

ओली पक्षले नेता नेपाललाई आइतबार भेट गर्दै एकताको संयुक्त वक्तव्य निकाल्न आग्रह गरेका थिए । नेता नेपालले त्यसका लागि कार्यदलले मस्यौदा तयार गर्नुपर्ने अडान राखेपछि सदस्यहरूले त्यसको गृहकार्य अघि बढाएका हुन् । कार्यदलको बैठक मंगलबार पनि बस्दै छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु