१५ मंसिर २०७८, बुधबार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु




२१ असार, कालिकोट । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिकाबाट नरहरिनाथ गाउँपालिकाको लालिघाटतर्फ जाँदै गरेको जीप सान्नी त्रिवेणी गाउँपालिकाको सान्नीघाटमा दुर्घटना भएको हो ।
क १ ज २३ नम्बरको दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युु हुनेमा रास्कोट नगरपालिका–३ का ३५ बर्षीय पम्फा फडेराको मृत्यु भएको हो ।
घाईतेको उद्धार गरेर जिल्ला अस्पताल कालिकोट ल्याउन लागिएको प्रहरीको भनाई छ । सडकमा नाला निर्माणको काम भईरहेको र गुडीरहेको जीप अनियन्त्रितहुँदा सडकमै पल्टिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको