१३ आश्विन २०८०, शनिबार

बिर्सिएका पुष्पलाल !


सुदिप श्रेष्ठ
२१ असार २०७८, सोमबार

साम मोयो अफ्रिकन इन्सिच्युट फर एग्रारियन स्टडिजमा जुलाइ ७, २०२१मा कमरेड माओले लेख्नु भएको चिनियाँ समाजमा वर्ग विश्लेषण (सन् १९२६) बारे मेरो प्रस्तुती भएको हुँदा यसमा कमरेड पुष्पलालले गर्नु भएको नेपाली समाजको वर्ग विश्लेषण जोड्न चाहन्थे। कमरेड पुष्पलालको लेख/रचना बारे क. कोमल भट्टराईसँग सम्पर्क गरे। उहाँले कमरेड बेदुराम भुसालसँग पक्कै होला सम्पर्क गर्नुस् भन्नुभयो र सम्पर्क गरे। कमरेड बेदुरामले मसँग त छ, तर तपाईंलाई पठाउने पो कसरी भन्नुभयो। मैले भने: दुइचार पेज त होला कमरेड, फोटो खिचेर पठाई दिनुहोस् न । नभए म लिन आउँछु भने। उहाँले कमरेड पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण भनि त लेख्नु भएको छैन; नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम र आदि दस्तावेजहरू लेख्दा ठाउँ ठाउँमा उल्लेख गर्नुभएको छ भन्नुभयो। त्यसैले तपाईं पुष्पलाल स्मृति प्रतिष्ठानमा जानुस्,  कमरेड बुद्ध महर्जनलाई सम्पर्क गर्नुस्, मेरो रेफरेन्स दिनुस् भनि मलाई कमरेड बुद्धको मोबाइल नम्बर दिनु भयो र सल्लाह सुझाव समेत दिनुभयो। र, कमरेड बुद्धसँग सम्पर्क गरी आज विहान पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवी किर्तिपुर गए। क. पुष्पलालले लेख्नुभएको कृतिहरू र नेपाल कम्युनिष्ट आन्दोलन सम्बन्धी सन्दर्भ सामग्रीहरू खुशी हुँदै लिएर फर्के। पुस्तक दिँदैं गर्दा क. बुद्ध (कार्यालय सचिव) ले भन्नुभयो: तपाईं आज राम्रो दिनमा यहाँ आउनु भएछ। आज त उहाँ (क. पुष्पलाल) को जन्म दिन हो नि। “ए, हो र !”, अचम्म मान्दै मैले भने: आज असार १५ गते दही चिउरा खाने र रोपाइँ गर्ने दिन भएकोले मैले त यो मात्र सम्झेको। ल राम्रै भयो; उहाँको जन्म दिनमा नै उहाँका कृतिहरू पाइयो।

अझ रमाइलो कुरा त केपि ओलीको भनाइ मलाई पागल कुकुरले टोकेको छ र, कहीं कतै कोही नपाएर माधव नेपाल जस्तालाई प्र. म. प्रस्ताव गर्ने भन्ने कुरा ले सँग सँगै ब्यापकता पाएको थियो ।  तर आज असार १५ गते नेकपाका संस्थापक कमरेड पुष्पलालको ९७ औं जन्मजयन्ती। कहिँ कतै केही सुनिएन।

कस्तो संयोगको कुरा। मण्डिखाटार घरबाट चम्पादेवी म झण्डै विहान ९.०५ बजेतिर पुगिसकेको थिएँ। त्यहाँ क्वाटरमा बस्ने दिदीले गेट, अफिस मूलढोका र सानो मिटिङ हल खोली दिनु भयो। क. बुद्धलाई झण्डै पौने घण्टा जति पर्खदा मैले त्यहाँका केही तस्विरहरू लिँए। ढोकामा झुण्ढिएको नेम प्लेटमा आँखा गयो: माधवकुमार नेपाल, अध्यक्ष, भित्र (भित्र छोप्नुपर्ने, निस्किएपछि, त्यसै छोडिएछ भन्ने लाग्यो)। त्यहीं पुस्तकहरू लिँदा मैले यसको बेबसाइट बनाउनु भएको छ कि छैन, अपडेट छ की छैन भनि सोधें। उहाँले त्यति व्यवस्थित छैन भन्नुभयो। अनि के त यहाँ वर्षमा एकपटक फूलमाला मात्र चढाउने काम मात्र हुन्छ त भनि मैले अलि ननिको मानी सोधें। उहाँलाई पनि फेरी तुरून्त बाहिर जानु परेकोले धेरै कुरा हुन सकेन। त्यत्रो बाटो आउनु भयो। एक घण्टा जति पर्खाएं, फेरी मलाई तुरून्त हिँड्नुपर्ने भयो, माईण्ड न गर्नुस्, पछि फेरी भेटौं भनि उहाँ मास्तिर लाग्नु भयो। हामी छुट्टियौं।

फ्नै पार्टीका संस्थापक नेताको जन्मदिन विर्सन्छन्, उनको नाममा स्थापित एउटा स्मृति प्रतिष्ठान राम्ररी चल्दैन। अनि यस्ताहरूले भन्ने गरेका “नेपाली मोडेलको समाजवाद” कुरा कस्तो होला ? जनताहरूले यिनीहरूलाई कसरी पत्याउलान् ? अनि किन नभनुन जनताले यिनलाई “फोस्रा समाजवादीहरू”?

मैले सन्दर्भ सामग्रीहरू पाएँ। आजको दिन मेरो राम्रै भो। तर बुद्ध जीलाई पर्खदा, फोटोहरू लिई रहँदा, उहाँ सँगको पुष्पलाल स्मृति प्रतिष्ठानबारे भएको छोटो कुराकानी भने मोटरबाइकमा घर फर्किदा मेरो मनमा केही कुराहरू खेल्न थाल्यो: हिजो असार १४ गते क. मदन भण्डारीको ७० औं जन्मजयन्तीमा फेसबुक सामाजिक सञ्जालमा शुभकामना र श्रद्धाञ्जलीहरूले भरिएको थियो ।

क. माधवकुमार नेपालदेखि आफूलाई मदनका हितैषी सम्झने बालुवाटारेहरूले “म्यादी प्रम” ओलीले मदनको नाममा शुभकामना छ्यापछ्याप्ति गरेका थिए ।अझ रमाइलो कुरा त केपि ओलीको भनाइ मलाई पागल कुकुरले टोकेको छ र, कहीं कतै कोही नपाएर माधव नेपाल जस्तालाई प्र. म. प्रस्ताव गर्ने भन्ने कुरा ले सँग सँगै ब्यापकता पाएको थियो ।  तर आज असार १५ गते नेकपाका संस्थापक कमरेड पुष्पलालको ९७ औं जन्मजयन्ती। कहिँ कतै केही सुनिएन। उनको स्मृतिमा स्थापित प्रतिष्ठान पनि सुनसान र मौन।

कम्युनिष्ट पार्टीका नेता/कार्यकर्ताहरूले विभिन्न नेताहरूका र अन्य नाममा प्रतिष्ठान/NGOs हरू चलाएका छन् “गुट” चलाउने नाममा। तर सबैको हालत भताभुङ्ग छ। कुनै राम्रोसँग चलेको देखिंदैन, साँचो वामपन्थी उद्देश्य अनुरूप। त्यसैले त “ओली प्रवृत्ति” अहिले जन्म्यो त। आफ्नै पार्टीका संस्थापक नेताको जन्मदिन विर्सन्छन्, उनको नाममा स्थापित एउटा स्मृति प्रतिष्ठान राम्ररी चलाउन सक्दैनन्। अनि यस्ताहरूले भन्ने गरेका “नेपाली मोडेलको समाजवाद” कुरा कस्तो होला ? जनताहरूले यिनीहरूलाई कसरी पत्याउलान् ? अनि किन नभनुन जनताले यिनलाई “फोस्रा समाजवादीहरू”? फर्कदा यस्तै कुराहरू मनमा खेल्न थाले। अनि मनमनै धन्यवाद दिए, सन्दर्भ सामग्री बटुल्न बाटो देखाइ दिने कमरेड कोमल जी र सहयोग गर्ने कमरेडहरू बेदुराम जी, अनि बुद्ध जीलाई !

चिनियाँ राष्ट्रपति सीले जुलाइ १ मेडल विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई खोजी खोजी प्रदान गरिरहेका छन्। यता हामी कहाँ कम्युनिष्ट पार्टीका संस्थापक समेतलाई विर्सिएका छन्। कम्युनिष्टहरू पार्टी स्थापना भएको ७० वर्षपछि पनि एक आपसमा “गालीका तक्मा” हरू भिराई रहेका छन् ! “विचरा” पुष्पलाललाई विर्सदा कति कुराहरू विर्सेका रहेछन्, नेपाली कम्युनिष्टहरुले !

तर उता उत्तरी छिमेकी चीनमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षको उपलक्ष्यमा एक सय एक कार्यक्रमका साथ उत्सवहरू मनाई रहेका छन्। चिनियाँ राष्ट्रपति सीले जुलाइ १  मेडल विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई खोजी खोजी प्रदान गरिरहेका छन्। यता हामी कहाँ कम्युनिष्ट पार्टीका संस्थापक समेतलाई विर्सिएका छन्। कम्युनिष्टहरू पार्टी स्थापना भएको ७० वर्षपछि पनि एक आपसमा “गालीका तक्मा” हरू भिराई रहेका छन् ! “विचरा” पुष्पलाललाई विर्सदा कति कुराहरू विर्सेका रहेछन्, नेपाली कम्युनिष्टहरुले ! यस्तै कुराहरू मनमा खेलीरहे बाइकमा फर्कदा चम्पादेवीदेखि मण्डिखाटारसम्म !

लेखक त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्दछन् । जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यावारिधी गर्दै गरेका लेखक वाम राजनीति र अर्थशास्त्रमा वहस र लेखन गर्ने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको