२० माघ २०७९, शुक्रबार

बर्दियामा बाघको आक्रमणबाट फेरि एकजनाको ज्यान गयो




२१ असार, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–३ का ६७ वर्षका चित्रबहादुर केसीको ज्यान गएको हो ।

आइतबारदेखि हराइरहेका केसीको शव सोमबार बिहान नेपाल भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको