१२ आश्विन २०८०, शुक्रबार

सुपुष्पा भट्टले गरिन् प्रेमी रौनकसँग बिहे



अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा अग्नीलाई साक्षी राखेर उनीहरुले एकसाथ जीवन विताउने प्रण गरेका हुन् ।

विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो । यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो ।

रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् । सुपुष्पाले भने ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनय रुचाइएको थियो ।

यसपछि उनले ‘छ माया छपक्कै’ मा काम गरिन् । कोरोना महामारीभन्दा अगाडि सुपुष्पाले फिल्म ‘चपली हाइट ३’ को छायांकन सकाएकी थिइन् । तर, कोरोनाका कारण फिल्म प्रदर्शनमा आउन सकेको छैन । अहिले उनको नेपाली फिल्ममा राम्रो माग छ ।

रौनक भने पछिल्लो समय फिल्म निर्माणभन्दा आफ्नो अन्य व्यवसायमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको