१७ श्रावण २०७८, आईतवार

सानदार जितसहित मेसीको अर्जेन्टिना कोपाको सेमिफाइनलमा




एजेन्सी । इक्वेडरमाथि सानदार जितसहित अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा ४० औं मिनेटमा रोड्रिगो डे पाउलले पहिलो गोल गरे । ८४ औं मिनेटमा लौटारो मार्टिनेजेले गोल गर्दा अर्जेन्टिना २–० गोलले अघि रह्यो ।

९३ औं मिनेटमा मेसीले गोल गर्दा अर्जेन्टिनाले इक्वडेरमाथि सहज जित हात पारेको हो । मेसीले डि एरियाबाट फ्रिकिकमा निक्के दर्शनीय गोल गरे । अब फाइनल प्रवेशका लागि हुने सेमिफाइनमा अर्जेन्टिना र कोलम्बिया भिड्नेछन् ।

कोलम्बियाले आइतबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा उरुग्वेलाई ४–२ गोलले पाखा लगाएको थियो । अर्को सेमिफाइनलमा ब्राजिल र पेरु भिड्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु