५ आश्विन २०७८, मंगलवार

सरकारी सम्पतीः खरिद गरिएको १० वर्षमा पनि स्काभेटर काम लागेन




२१ असार, सुर्खेत । साविकको जिल्ला विकास समिति हुम्लाले खरिद गरेको डेढ करोड मुल्यमा स्काभेटर अझैँ पनि काम आउन सकेको छैन् । साविकको जिल्ला विकास समितिले डेढ करोडमा खरिद गरेको स्काभेटर १० वर्षदेखि जिल्ला प्रशासन कार्यालय हुम्लाको खाली जग्गामा राखिएको हो ।
सडक संजालले नछोएको हुम्ला जिल्लामा तत्कालिन राजनीतिक दलहरुले सडक निर्माण गर्न भन्दै स्काभेटर खरिद गर्न जिल्ला विकास समितिलाई अनुमति दिएका थिए ।
जिल्ला विकास समितिबाट संचालन हुने दुर्गम क्षेत्र विकास कोषबाट ४० लाख, साविक २७ गाउँ विकास समितिबाट ४० लाख गरेर ८० लाखमा स्काभेटर खरिद गरिएको र ७० लाख ढुवानी भाडामा हुम्लामा स्काभेटर पुगेको जिल्ला समन्वय समिति हुम्लाका सूचना अधिकारी रामप्रसाद अधिकारीले जानकारी दिए ।
थन्काएर राखिएको स्काभेटर अब तत्काल मर्मत गरी प्रयोगमा ल्याउने तयारी भएको जिल्ला समन्वय समिति हुम्लाका प्रमुख दानबहादुर रावतले बताए । ‘यो स्काभेटर हिल्सामा थन्किएको थियो ।’ उनले भने,‘सिमीकोटका ल्याएर राखेको छौं । यसको मर्मत गरेर अबका दिनमा काममा लगाउने तयारी भएको छ ।’
स्काभेटर संचालनमा नभएर पनि एक जना ड्राइभर राखेर जिल्ला समन्वय समिति तलव खुवाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको