२० श्रावण २०७८, बुधबार

नेपाली काँग्रेसका पूर्व सभापति जगतजंग थापाको निधन



२१ असार, दैलेख । नेपाली काँग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको निधन भएको निधन भएको छ । विगत केही समय अगिदेखि कोरोना संक्रमित भई उपचाररत नेता थापाको सोमबार विहान ३ बजे दैलेख जिल्ला अस्पतालमा निधन भएको हो । २००७ साल फाल्गुन २८ गते जन्मिएका थापाको ७१ वर्षको उमेरमा निधन भएको छ ।

थापाले २०२३ सालमा त्रि–चन्द्र क्याम्पसमा विद्यार्थी आन्दोलन प्रजातान्त्रिक समुहको सदस्य हुँदै राजनीतिक जीवन प्रारम्भ गरेका थिए । उनी २०२७ सालमा सुदुरपश्चिमाञ्चलबाट विद्यार्थी युनियनको पदाधिकारीमा समेत लडेका थिए । २०५१ सालदेखि २०५६ सालसम्म जिल्ला कार्यसमितिको सभापति भई उनले दैलेखमा नेपाली काँग्रेसको नेतृत्व गरे। थापा २०४८ सालदेखि निरन्तर महाधिवेश प्रतिनिधि र महासमिति सदस्य समेत रहँदै आएका थिए । दैलेख जिल्ला र कर्णाली प्रदेशमा निष्ठावान, इमान्दार र बुद्धिजिवी नेताका रूपमा उनको छवि रहेको छ । २०७४ सालको निर्वाचनमा उनी नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभाको उम्मेदवार समेत रहेका थिए ।

नेता थापाले प्रारम्भिक शिक्षा काठमाडौंको आनन्दकुटी विद्यापिठ हासिल गरेका थिए । अमृत साइन्स क्याम्पस र त्रिचन्द क्याम्पसमा उच्च शिक्षा हासिल गरेका उनले राजनीतिशास्त्रबाट एम.ए. सम्मको अध्ययन पुरा गरेका थिए । सक्रिय राजनीतिमा आउनु पूर्व थापा दैलेख जिल्लामै शिक्षण पेशामा संलग्न रहेका थिए । उनी २०२५ सालदेखि २०३३ सालसम्म दैलेख बजारमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए ।

दिवङ्गत थापाकी भाञ्जी हेमा खड्काका अनुसार अहिले नेता थापाको शव जिल्ला अस्पतालमा नै राखिएको छ । उनले घरमा थापाकी जीवनसँगी मात्र रहेको र छोरीहरू काठमाडौंबाट आइ पुग्ने वित्तिकै आजै दाहसंस्कार गरिने जानकारी गराइन । दिवङ्गत थापाको परिवारमा उनकी जीवनसँगी र ६ वटा छोरीहरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु