गाउँपालिका अध्यक्ष बर्माको हृदयघातबाट मृत्यु
२० असार, सर्लाही । सर्लाहीमा रामनगर गाउँपालिकाका अध्यक्षको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारिब स्रोतले जानकारी दिएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्तवले बताए ।
७० वर्षीय अध्यक्ष बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए ।
उनको पार्थिव शरीरलाई काठमाडौंबाट पैतृक गाउँ खैर्वा ल्याई अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।