१६ श्रावण २०७८, शनिबार

एमाले नेता वामदेवको दाबी– ओली र नेपालको रिस शान्त भएपछि पार्टी एकता हुन्छ




२० असार, काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुने बताएका छन् । राष्ट्रिय सभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गौतमले ओली र नेपाल एक–आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोस्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् ।

आफू भने पार्टी एकता गर्नुपर्छ भनेर ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा पनि गरे ।

अहिलेको अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा गौतमले सर्वोच्चको आदेशपछि सम्भव हुने बताए । उनले भने, ‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु