१७ श्रावण २०७८, आईतवार

विपक्षी विद्यार्थी संगठनद्वारा दैलेखमा मसाल जुलुस



१९ असार, दैलेख । विपक्षी गठबन्धनमा आबद्ध विद्यार्थी सङ्गठनहरूले दैलेख सदरमुकाममा मसाल जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले शनिबार साँझ सदरमुकाममा नारावाजी सहित मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

विद्यार्थी संगठनहरूले प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यापक नाराबाजी समेत गरेका थिए । अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य रोहित लामिछानेले मसाल जुलुससहितको प्रदर्शन प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा दोस्रो पटक गरिएको संसद विघटन विरुद्ध गरिएको बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य विशाल योगीेका अनुसार आन्दोलन दैलेख सदरमुकामको लोकतान्त्रिक चोकबाट सुरु भएर देवकोटा चोकमा आएर समापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु