६ आश्विन २०८०, शनिबार

ओलीद्वारा पार्टीपङ्त्तिलाई आन्दोलनका लागि तयार रहन आह्वान



१९ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न आह्वान गरेका छन् । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका विरुद्ध आन्दोलनको आवश्यकता भएको जनाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘एमाले र एमाले सकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन लागिपर्नु भएको छ । यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जान पर्ने अवस्था आउन सक्छ ।’

अध्यक्ष ओलीले आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेकाले सिङ्गो पार्टी पङ्क्तिलाई त्यस अवस्थाको प्रतिकार गर्न तयारीमा अवस्था राख्नुपर्ने जिकिर गरे । उनले पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको