१७ श्रावण २०७८, आईतवार

माधव नेपालको जेठ २ को सर्त स्वीकार्न सकिँदैनः महासचिव पोखरेल



१९ असार, काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ जेठ २०७५ सर्त स्वीकार्न नसकिने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले भन्दै आएको २०७५ जेठ २ को सर्त स्वीकार्न नसकिने बताएका हुन् ।

‘नेकपा एकीकरणका बेलाको भावनामा अगाडि बढेका छौं । माधव नेपालहरूले जेठ २ लाई यान्त्रिक रूपमा राख्नुभएको छ, त्यो स्वीकार्न सकिन्न,’ छलफलका क्रममा शनिबार केन्द्रीय कमिटी सदस्यले राखेका प्रश्न तथा दिएका सुझावको जवाफ दिने क्रममा महासचिव पोखरेलले भने ।

जिल्ला र प्रदेश तहमा पनि त्यसरी नै अगाडि बढ्न निर्देशन दिएको २०७५ जेठ २ यता पार्टीमा धेरै व्यक्ति जोडिएको भन्दै पोखरेलले भने, ‘जेठ २ का नाममा पार्टी एकतालाई कमजोर बनाउने, भत्काउने र पार्टीलाई अस्तव्यस्त बनाउनेलाई जिम्मेवारी दिन सकिँदैन ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु