१६ श्रावण २०७८, शनिबार

माधव नेपालले भने, ‘ओली कमरेडसँग अहिले कुरा भयो,तर उहाँले मान्नुभएन’



१९ असार, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार दिउँसो टेलिफोनमा कुराकानी भएको पुष्टि गरेका छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच कुराकानी भए पनि ओलीले पार्टी एकताको निम्ति आफूले राखेका केही प्रक्रियागत प्रस्तावलाई ठाडै अस्वीकार गरेको नेता नेपालले खुलाएका छन् ।

अध्यक्ष ओलीसँग भएको टेलिफोन वार्ताको सन्दर्भ उल्लेख गर्दै नेता नेपालले भने, ‘कोर्स परिवर्तन गर्नुपर्नेमा एकपक्षीय ढंगले बैठक बोलाएर तपाईंले गल्ती गर्नुभयो । राजनीतिक र सांगठानिक दुवै कोर्स परिवर्तन गर्नुपर्नेमा त्यसो नगरी १३ औं बैठकबाट ठीक विपरित गर्नुभएको छ । त्यसबाट पछाडि फर्कनुहोस् ।’ उनले भने, ‘बैठक रोक्नुहोस्,नयाँ ढंगले वातावरण बनेपछि दुवै जना भेटौंला । पार्टी एकता गर्ने हो भने अहिलेको कदमलाई रोक्नुहोस् । यसले पार्टी र आन्दोलनलाई नोक्सान पुग्छ । त्यो बाटोमा नजानुहोस्,एकपटक सोच्नुहोस् ।’

नेता नेपालको आग्रहलाई एकोहोरो कुरा सुनिरहेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई नेता नेपालले आग्रह गर्दै भने, ‘बैठक स्थगित गरेर कुराकानीलाई अघि बढाऔं । त्यसको लागि वार्ता टोलीलाई साथ दिऊँ र हाम्रो जुन सहमति भइरहेको छ,त्यसको आधारमा अघि बढौं ।’

प्रत्युत्तरमा प्रधानमन्त्रीले सर्वोच्च अदालतमा रहेको हस्ताक्षर फिर्ता लिनुपर्ने सन्दर्भ उठाएका थिए । तर, नेता नेपालले हस्ताक्षर फिर्ताको सन्दर्भ र औचित्य नभएकाले अदालतमा विचाराधीन विषयलाई आफ्नै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताए । थप लचिलो हुँदै नेता नेपालले भने, ‘बैठक रोक्नुहोस्,नयाँ ढंगले वातावरण बनेपछि दुवै जना भेटौंला । पार्टी एकता गर्ने हो भने अहिलेको कदमलाई रोक्नुहोस् । यसले पार्टी र आन्दोलनलाई नोक्सान पुग्छ । त्यो बाटोमा नजानुहोस्,एकपटक सोच्नुहोस् ।’

प्रधानमन्त्रीसँग नेपालको फोनवार्ता हुँदा एमाले उपमहासचिव घनश्याम भुसाल पनि पौने दुई बजे कोटेश्वरमा भएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु