५ आश्विन २०८०, शुक्रबार

ओली–नेपाल फोन संवाद, घनश्याम भुसाल गरे मध्यस्थता



१९ असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोन संवाद भएको छ । उनीहरुबीच यसअघि बिहीबार फोन संवाद भएको थियो ।

बिहीबारको संवादमा अध्यक्ष ओलीले भेट्नका लागि आग्रह गर्दा नेता नेपालले नमानेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । यस्तै, नेता नेपालले संवाद गर्न मन नभए पनि साथीहरुको दबाबले फोन उठाएको उत्तर दिएको ओलीको भनाइ थियो ।

नेता नेपालको निवास कोटेश्वर पुगेर भुसालले संवादको वातावरण मिलाएको त्यस समूहका एक नेताले जानकारी दिए ।

‘दुई नेताबीचको मतभेद संवादबाटै समाधान हुनुपर्छ र उहाँहरुबीच नै सहमति कायम हुनुपर्छ भन्ने दोस्रो तहका नेताहरुले बारम्बार भन्दै आएका छौँ । त्यसकै प्रयत्नका लागि घनश्याम कमरेडले फोन संवादका लागि प्रयत्न गर्नुभयो,’ ती नेताले भने ।

ओली र नेपालबीच फोन संवादपछि भुसाल समिट होटल फर्किएका छन् । त्यहाँ दुबैतर्फका दोस्रो नेताबीच छलफल भइरहको छ ।

अध्यक्ष ओलीले दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीब बनाउन गरिएको हस्ताक्षर फिर्ता नभएर एमाले एकता नहुने बताएका छन् । आइतबार पाँच बजेसम्मको समय नेपाल पक्षका निवर्तमान सांसदहरुलाई दिएका छन् ।

यता नेपाल पक्षले हस्ताक्षरलाई प्रतिष्ठाको विषय बनाउँदा हस्ताक्षर फिर्ता गर्ने पक्षमा छैन । दोस्रो तहका नेता भने सहमति निर्माणका लागि सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको