१३ माघ २०७९, शुक्रबार

लागुऔषधसहित एक जना पक्राउ




१९ असार, सुर्खेत । लागुऔषधसहित सुर्खेतबाट एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शंकाष्पद अवस्थामा फेला पारी निजको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ३ पुडिया लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार तिवारीले आफ्नो घरको कोठामा खानतलासी गर्दा सुत्ने औछ्यानको सिरानी मुनी ३ पुडिया लागू औषध (ब्राउन सुगर)जस्तो देखिने धुलो पदार्थ (लास्टिक सहित ३२०मिली ग्राम), प्लास्टिकबाहेक १९० मिली ग्राम लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने धुलो पदार्थ र नेपाली रुपैयाँ ७ हजार ३०, भारतीय रुपैयाँ १ नगद बरामत गरिएको जनाएको छ ।
तिवारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको