२२ जेष्ठ २०८०, सोमबार

प्रधानमन्त्री ओलीले भने, ‘अब भ्याक्सिनको क्याम्पेन नै चल्ने छ’




१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उनले बताए ।

त्रिशुली- ३ बी प्रसरण लाइन र सबस्टेसनको शनिबार भर्चुअल रूपमा उद्घाटन गर्दै ओलीले समूह तोकेरै सबै जनसङ्ख्यामा खोप पुर्‍याइने बताए ।

उनले खोपको समस्या समाधान भएको पनि बताए । केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरिएको ओलीको भनाइ थियो ।

ओलीले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने बताउँदै त्यसपछि सबै नागरिकलाई खोप दिने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको