१७ मंसिर २०७८, शुक्रबार

विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद




१९ असार, काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

यी दुईबीच २८ डिसेम्बर २००५ मा विवाह भएको थियो । सम्बन्ध विच्छेदबारे आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेका छन् ।

यस्तो छ उनीहरूको वक्तव्य

‘१५ वर्ष सँगै बिताउने क्रममा हामीले हाँसीखुसी हरेक पल जिएका छौँ । हामी विश्वास, सम्मान र प्रेमका साथ अघि बढ्यौँ । अब हामी आफ्नो जिन्दगीको नयाँ अध्याय सुरु गर्नेछौँ, जुन पति–पत्नीका रूपमा हुने छैन । बरु को–प्यारेन्ट र एक–आपसका लागि परिवारको रूपमा हुनेछ । हामीले केही समयअघि नै सम्बन्ध विच्छेदको योजना बनाएका थियौँ । र, अब हामी यो अलग–अलग–अलग रहने व्यवस्थामा सहज छौँ । हामी छोरा आजादका लागि को–प्यारेन्सट्स बनिरहने छौँ । र, उसको हेरचाह साथै गर्नेछौँ ।

हामी फिल्म र आफ्नो पानी फाउन्डेसनसँगै ती सबै प्रोजेक्ट्सका साथै सबै काममा सँगै रहने छौँ, जसमा हाम्रो चासो हुने छ । हाम्रा साथी, परिवारलाई धन्यवाद, जसले हामीलाई यस क्रममा लगातार साथ दिनुभयो । उहाँहरूको समर्थनबिना हामी यो फैसला लिन सक्दैन थियौँ । हामी आफ्ना शुभचिन्तकबाट आशा गर्छौं, उहाँहरूले हामीबीचको डिभर्सलाई अन्त्यका रूपमा नभएर नयाँ यात्राको सुरुवातका रूपमा हेर्नुहुने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको