१३ आश्विन २०८०, शनिबार

राजधानी बनेसँगै सुर्खेतमा आपराधिक घटना बढ्दो



१९ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा अपराधका घटनाहरु समेत बढ्न थालेको छ । बढ्दो शहरीकरण र मानिसको आवत–जावतमा वृद्धि हुन थालेपछि अपराधका घटनाहरु समेत बढ्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जारी गरेको तथ्यांक अनुसार चार वर्ष यता सुर्खेतमा २ हजार ३३४ वटा विभिन्न अपराधका घटना प्रकाशमा आएका छन् ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा जम्मा ४९६ वटा आपराधिक घटना भएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा ६९६ आपराधिक घटना भए भने आर्थिक वर्ष २०७६/०७७ मा ६६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म ५२० वटा विभिन्न प्रकारका आपराधिक घटना भएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को हालसम्म सामाजिक अपराध सम्बन्धी ५२२, आत्महत्याका ४३३, महिला तथा बालबालिका सम्बन्धी ४१५, ज्यान सम्बन्धी ३५७, चोरी सम्बन्धी १ सय ११, संगठनिक तथा आर्थिक अपराध सम्बन्धी ३१४, सवारी सम्बन्धी १३८ र अन्य ४३ गरी २ हजार ३३४ वटा अपराधका घटना प्रकाशमा आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको