१२ आश्विन २०८०, शुक्रबार

एनआरएन र धुलिखेल हस्पिटलको सहकार्यमा कर्णाली प्रदेशलाई स्वास्थ्य उपकरण सहयोग



१८ असार, सुर्खेत । गैर आवासीय नेपाली संघको आयोजनामा चीनको हङकङ निवासी सेन हुटुङ्ग, अमरधन मेमोरियल फाउन्डेसन र धुलिखेल हस्पिटल-काठमाण्डौ युनिर्भसिटीको सहकार्यमा शुक्रवार कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री तथा उपकरण प्रदान गरिएको छ ।

कर्णाली प्रदेशका बिभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूका लागि १ करोड ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीलाई हस्तान्तरण गरिएको छ। कोभिड-१९ नियन्त्रणका लागि अक्सिजन सिलिण्डर १ सय पच्चीस थान र अक्सिजन कन्सेन्ट्रेटर  ५० थान प्रदान गरिएको छ ।

स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा अमरधन मेमोरियल फाउण्डेसनका फाउण्डर त्रिलोक गुरुङ्गले भर्चुअलमार्फत उनीहरूले पठाएका स्वास्थ्य सामाग्रीहरुले कर्णाली प्रदेशका कोभिड १९ का बिरामीहरुलाई उपचारमा सहयोग हुने बताएका छन् ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री विसीले महामारी नियन्त्रणमा सहयोग पुर्याउने गैर आवासिय नेपाली सङ्घ लगायत समन्वकर्ता सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

गैर आवासीय नेपाली संघका कर्णाली प्रदेशका संयोजक बखत भण्डारीले भर्चुअलमार्फत आफुहरुको समन्वय तथा सहयोगमा प्रदान गरिएको स्वास्थ्य सामाग्री सही रुपमा सदुपयोग हुने अपेक्षा राखेको उल्लेख गरे ।

एनआरएनबाट भएको यस सहयोगका लागि कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाही, डा. पुरू श्रेष्ठ, डा. कुश श्रेष्ठ, डा. नवराज के.सी, डा. अन्जना श्रेष्ठ लगायतले भूमिका खेलेका थिए । कोभिड नियन्त्रणका लागि एन आरएनबाट थप अन्य सहयोगका लागि समेत छलफल भइरहेको छ ।

प्रदेश सरकारलाई उपलब्ध गराइएको ५० थान अक्सिजन कन्सेन्ट्रेटरका लागि धुलिखेल हस्पिटल–काठमाडौं युनिर्भसिटीका परियोजना संयोजक टेकबहादुर थापाले पहल गरेका थिए ।

स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, महाशाखा प्रमुख वृषबहादुर शाही, जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्ले, धुलिखेल हस्पिटल-काठमाण्डौ युनिर्भसिटीका परियोजना संयोजक टेकबहादुर थापा, युएनओपिएस-पिसियुका कर्णाली प्रदेश संयोजक पदम बिक, गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको