१९ श्रावण २०७८, मंगलवार

अस्पतालको वेडबाट महासचिव सि लाई नेता खनालको सन्देश



१८ असार, नयाँ दिल्ली । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनालले भारतको एपोलो अस्पतालको बेडबाट चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं वर्षगाँठको उपलक्ष्यमा एक सन्देश पठाएका छन् । नेता खनालको स्वास्थ्यमा खरावी देखिए पछि उनी दिल्ली स्थित अपोलो अस्पतालमा उपचार गराइरहेका छन् । पारिवारिक सुत्रका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र केही समयको थप रेखदेख पछि अस्पतालबाट नेपाल फर्किने तयारीमा रहेको बुझिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव क. सि जिङ पिङ लाई सम्बोधन गरेको उक्त पत्रमा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीको १०० वार्षिक उत्सवको एतिहासिक घडीमा शुभकामना ब्यक्त गर्दैं भनेका छन् ; चिनियाँ हजारौं वर्षको इतिहासमा कम्युनिस्ट पार्टी स्थापनाको यो सय वर्ष असाधारण बन्न पुगेको छ । यो गौरवपूर्ण शताब्दी विश्व इतिहासमा तुफान झै आएको छ । यसले चीनलाई विश्वको एक शक्तिशाली देश बनाएको उल्लेख गरेका छन् । उनले चीन निकट भविष्यमा संसारकै सबैभन्दा ठूलो आर्थिक शक्ति बन्न गइरहेको र यो प्रक्रिया विश्व शान्ति, स्थायित्व र प्रगतिका लागि महत्वपूर्ण भएको बताएका छन् । उनले भनेका छन् ; चीनको उदयले विश्वका साना र कमजोर देशहरू आफ्ना राजनीतिक, आर्थिक र सामाजिक अधिकारका लागि एकजुट हुँन मद्दत गरेको छ ।

शुभकामना सन्देशमा नेता खनालले नेपाली कम्युनिस्टहरू पनि देशको परिस्थितिमा माक्सवाद र लेनिनवादलाई लागु गरिरहेको र नेपालको स्वतन्त्रता, सार्वभौतसत्ता, राष्ट्रिय एकता र सामाजिक प्रगतिका महत्वपूर्ण उपलब्धी हाँसिल गरिरहेका बताएका छन् ।उनले नेपाली कम्युनिस्टहरू चीनका महत्वपूर्ण अनुभव र सफलताबाट सिक्न चाहने कुरा बताएका छन् ।

नेता खनालले चीन आधुनिक बलियो समाजवादी राज्य बनी विश्व शान्ति, स्थायित्व र प्रगतिका महत्वपूर्ण योगदान गर्ने कामना पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु