२० जेष्ठ २०८०, शनिबार

आस्मालाई माया टेष्ट गरम भनेर हैरान पारे सरोजले (भिडियोसहित)



२२ साउन, काठमाडौं । समुहमा अनौठो नृत्यकला देखाएर चर्चा र सफलता दुबै बटुलेको कार्टुन क्र्यू टुक्रिए पछि अहिले क्र्यूमा महत्वपुर्ण दुई पात्रहरु आश्मा विश्वकर्मा र सरोज अधिकारी बचेका छन् ।

पछिल्लो केहि दिनयता सरोजले आश्मालाई सरोजले माया टेष्ट गरम भनेर हैरान पारेका छन् । तपाईहरुलाई लाग्न सक्छ कतै आश्मा र सरोज पनि छुट्टिने त हैनन् ? धेरै नसोच्नुस सरोजले माया टेष्ट गरम मात्रै भनेका छैनन् आश्मालाई । तिम्रो माया कपि गरी मेरो दिलमा पेष्ट गरम अनि कि माया गर्दै नगरम गरेपपछि बेस्ट गरम पनि भनेका छन् ।

यि कुरा सरोजले साँच्चै होइन चर्चित युवा गायक विश्व नेपाली गाएको माया के हो टेष्ट गरम गीतको भिडियोमा भनेका हुन । अंग्रेजी शब्दहरुलाई कलात्मक शैलीले उनेर एकनारायण भण्डारीले कारेका शब्दहरुमा आशिष अविरलले संगीत भरेर संगीत संयोजन समेत गरेपछि विश्वले गाए माया के हो टेष्ट गरम ।

प्राय शास्त्रिय संगीतमा आधारित गम्भिर प्रकृतिका गीत गाउने विश्वले गाएको यो चट्पटे गीत झट्ट सुन्दा लाग्छ, विश्वले यस्तो गीत गाउनु जरुरी थियो ? तर एकचोटी फेरी सुनेपछि लाग्छ समयले जरुरी बनायो । गम्भिर प्रकृतिका गीतमा उनि जसरी खुल्थे यो रमाइलो गीतमा पनि उत्तिकै सहजतापूर्वक खुलेका छन् । यस अघि कवि देवकोटा बोलको रमाइलो गीत गाएर राम्रै चर्चा बटुलेका विश्वले यो गीत गाएर सावित नै गरिदिएका छन् कि अब गम्भिर मात्र हाईन रमाइला गीत पनि विश्वका लागी तयार हुनुपर्छ ।

अर्जुन तिवारी र बुद्ध थापाको छायाँकन अनि सुप्रिम पराजुली सम्पादन रहेको गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् । गीतको शब्द, गायकी र भावुहाउदो निर्देशकीय कलामा सान पनि अब्बल लाग्छन् ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको