१२ जेष्ठ २०८०, शुक्रबार

एनआरएनए मलेसियाको अध्यक्षमा शाहकाे उम्मेदवारी




१८ असार, सुर्खेत । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाको अध्यक्ष महेन्द्रजंग शाह उम्मेदवारी दिएका छन् । एनआरएनए एनसिसी मलेसियाको सातौ अधिबेशनका लागि बुधबार वर्तमान एनआरएन आइसीसी सदस्यसमेत रहेका शाहले उम्मेदवारी दिएका हुन् ।

एनसीसी मलेसियालाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी मलेसियाको हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउन पुनः एक कार्यकाल काम गर्ने उद्देश्य रहेको शाहले बताए ।

शाहले नेपालबाहिर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्बय परिषदमार्फत पहल गरिने जानकारी दिए ।

कालिकोटका नरहरिनाथ गाउँपालिका–८ लालुमा जन्मिएका शाहले लामो समयदेखि मलेसियामा रहेर नेपालीहरुको पक्षमा काम गर्दै आएका छन् । कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटको लालुमा जन्मिएका शाहले सानै उमेरदेखि समाजसेवा गर्दै आएका छन् ।
शाहले निकै दुःख कष्ट गरे मलेसियामा रहेका नेपालीको पक्षमा काम गर्ने गरेका छन् । शाह विजयी भएपछि शाहले मलेसियाका रहेका नेपालीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल बाहिर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्बय परिषदमार्फत पहल गरिने जानकारी गराएका छन् । उनले बिगतमा घोषित कार्यक्रमहरु बिबिध कारणबश सम्पन्न गर्न असमर्थ भएको बताउँदै ती अधुरा कामहरु सम्पन्न गर्न अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन ।

शाहले मलेसियाबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी सातौ महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरि सहयोग गर्न अपिल गरेका छन् ।

शाहको प्रतिबद्धताहरु:

१. एनसीसी मलेसियाको हरेक गतिबिधिहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ ।

२. मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने ।

५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने ।

६. प्राय नेपालीहरु मलेसिया आउदा यहाँको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७. मलेसियासंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।

८. नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।

९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०. पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको