कर्णाली प्रदेशसभाको बैठक पुनः एमालेद्वारा अबरुद्ध
१८ असार, सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं अधिबेशनको चौधौं बैठक पुनः अबरुद्ध गरेको छ । कर्णाली प्रदेश सरकारमा सामेल आफ्ना मन्त्रीहरुलाई सरकारमा सहभागी नहुन माग राख्दै संसद अबरुद्ध पारेको हो ।
विगत लामो समयदेखि एमालेले फ्लोरक्रस गरेर मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै संसद अबरुद्ध पार्दै आएको छ ।
असार १ गते कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट संसदमा पेश गरेको थियो । पेश भएको बजेटमाथि एमाले संसद अबरुद्ध पार्दै आएका कारणले छलफल हुन सकेको छैन् ।
एमाले आज (शुक्रबार) बैठक पनि अबरुद्ध पारेको छ । संसद बैठक शुरु हुना साथ एमालेका सांसदहरु संसदका उठेका थिए ।
संसद बैठकमा बोल्दै एमालेका सांसद दानसिंह परियारले एमालेका मन्त्रीहरु सरकारमा सामेल भएकाहरुले राजीनामा दिनुपर्ने माग गरे । ‘उहाँ एमाले भएको जिकिर गर्नुहुन्छ । अदालतमा आफै जानुहुन्छ ।’ उनले भने,‘एमालेको यो सरकारमा सामेल भएको छैन् ।’
सभामुख राजबहादुर शाहीले लामो समयदेखि छलफल नभएको र बजेटमाथि छलफल गर्न आग्रह गरेका थिए । एमाले सांसदहरु आफ्नो आसनमा बस्न सभामुख शाहीले भनेका थिए । तर, एमालेका सांसदहरुले नमानेका कारणले सभामुख शाहीले अर्को बैठक असार २४ गते दिउँसो २ बजेका लागि बोलाएका छन् ।