४ आश्विन २०८०, बिहीबार

माधव नेपालले भेट्न अस्वीकार गरे : ओली




१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालले आफ्नो फोन उठाउन र भेट्न अस्वीकार गरेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले भने, ‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवलाई फोन गरेँ । २०/२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन,’ उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको