राजनीतिमा फेरि पनि एमाले नै केन्द्रबिन्दुः ओली
१८ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु भएको दाबी गरेका छन् । उनले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय टिक्ने नसक्ने बताएका छन् ।
आज बालुवाटारमा बसिरहेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक दलले अराजकतामा, अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको बताए ।
ओलीले केही जरुरी र महत्वका विषयलाई सम्वोधन गर्ने समेत बताएका छन् । उनले भने– ‘आफ्नो सरकार ढाल्ने, दलीय अनुशासन उल्लंघन गर्ने र अराजकता सृजना गर्ने काम भैरहेका छन् ।’
अध्यक्ष ओलीले राष्ट्रपतिमाथि समेत हरेक ठाउँमा औँला उठाई निकृष्ट तबरमा ओर्लिने काम भइरहेको बताए ।