एमाले बैठकमा वामदेव गौतम पनि सहभागी
१८ असार, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।
उक्त बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछिको यो पहिलो बैठक हो ।
झलनाथ खनाल–माधवकुमार नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य पनि बैठक अगाडि बालुवाटारमा पुगेरअध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । खनाल–नेपाल समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।