५ आश्विन २०७८, मंगलवार

चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्षगाँठ: गडगडाहड तालीका बिच राष्ट्रपति सिको भाषण



१७ असार, काठमाडौ । चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्षगाँठ चीनको राजधानी तियानमेनचोक लगाएत चिनका बिभिन्न सहरहरूमा भब्यतापूर्वक मनाइएको भएको छ । हिजै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सिले पार्टीका भेटरनहरू, स्वतन्त्रता सेनानी र चीनको राष्ट्र निर्माणका क्रममा बिभिन्न विद्यामा योगदान गर्ने महत्वपूर्ण ब्यक्तिहरूलाई देशकै उच्च सम्मानले विभूषित गरेका थिए ।

चिनियाँ प्रधानमन्त्री लि खयाङ्गले वर्षगाँठ सुरू भएको बताएपश्चात राष्ट्रपति सिको घाेषणासँगै अन्तराष्ट्रिय गान, लोक धुन र गीतहरूबाट वर्षगाँठका कार्यक्रमहरू सुरू गरिएको थियो । चिनियाँ जनमुक्ति सेनाले १०० तोपको सलामी दिदै पार्टीको १०० औं वर्षगाँठको सुरूवात गरिएको थियो । यस सिलसिलामा अत्याधुनिक हेलिकप्टरबाट चिनियाँ कम्युनिष्ट पार्टीको झण्डा फहराइएको थियो भने १५ वटा जे २० सहितको अत्याधुनिक फाइटर जेटहरूको रेन्बो सो गरिएको थियो ।  

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिङ पिङ्गले बिभिन्न तह र तप्का पार्टी नेता, कार्यकर्ता, युवा, किसान, सेना सहितको उत्साहपूर्ण उपस्थितीमा गौरवपूर्ण भाषण दिएका छन् । महासचिव सि जिङ पिङ माओकै खाकी पहिरनमा मञ्चमा पोलिट ब्यूरो टिम सहित देखा परेका थिए ।

तालीको गडगडाहट बिच उनले चीन आफ्नो खुट्टामा उभिएको छ भन्ने माओको चर्चित शब्दलाई आफ्नो भाषणको क्रममा दोहर्याउदै चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको उपलब्धीहरूको सविस्तार चर्चा गरे । उनले माओ, देङ, चओएनलाए, जियाङ् जमिन, हुजिन्ताओ लगायतका नेताहरूले पार्टी र आधुनिक चीन निर्माणमा खेलेको ए्तिहासिक भूमिकाको प्रशंसा गरे । उक्त समयकालमा चिनियाँ कम्युनिष्ट पार्टीले विकास गरेको सैद्दान्तिक शृङ्खलालाई आत्मसात गर्दै अघि बढ्ने कुरा स्पस्ट पारे ।

यही सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीविना अहिलेको शक्तिशाली चीन बन्न असम्भव भएको बताए ।उनले चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सबैभन्दा ठूलो पार्टी भएको र यो गतिशिल, सफल र तथ्यबाट सत्यको बाटो तय गरी अघि बढेको बताए।

महासचिव सिले चीन मध्यम समृद्ध देश बनिसकेको घोषणा गर्दैं बनाउन चिनियाँ कम्युनिष्ट पार्टीले खेलेको एतिहासिक भूमिकाको चर्चा गरे ।चिनियाँ आम जनताको खुशी र समृद्धी हाँसिल गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य भएको बताए । चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०५० सम्म राखेको शताब्दीको दोस्रो लक्ष्यको चर्चा गर्दै सिले आधुनिक, समुन्नत, बलियो समाजवादी राज्य निर्माणको दिशामा चीन अघि बढिसकेको बताए।उनले चिनियाँ पुनरोदयको सपना कसैले रोक्न चाहेर नरोकिने बताउँदै चीन साझा भाग्यको मानव समुदाय निर्माणमा कटिवद्द भएको बताए ।यस सन्दर्भमा राष्ट्रपति सिले आफ्नो सिग्नेचर परियोजना विआरआइ उपादयता बारे पनि प्रस्ट पारे ।    

उनले चीनजस्तो एक विशाल देशका लागि शान्तिपूर्ण विकास हाँसिल गर्न एक बलियो सेना आवश्यक रहेको बताउदै चीनले इतिहासमै कसैमाथि आक्रमण  र थिचोमिचो नगरेको र अबपनि नगर्ने बताए । तर चीनमाथि कसैले थिचोमिचो र हस्तक्षेप गरेमा चिनियाँ १.४ अर्ब जनता स्पाती ग्रेट वाल भएर उभिने र आक्रमणकारी टाउको ठोक्किएर भाग्न बाध्य पारिने बताए । तालीको गडगडाहटबिच उनले चिनियाँ नयाँ पुस्ता प्रति ठूलो भरोसा ब्यक्त गरे । उनले हङकङ र मकाओमा चीनको विशेष क्षेत्रका रूपमा समुन्नति, राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको ग्यारेन्टी गरिने बताए । उनले ताइवान चीनको अभिन्न अङ्ग भएको र चीन ताइवानलाई पुन एकिकरण गर्ने आफ्नो प्रतिवद्धतामा दृढ रहेको बताए ।

उनले चिनियाँ कम्युनिष्ट पार्टीले माक्सवादलाई जडसुत्रका रूपमा नलिइ चिनियाँ विशेषता अनुरूप लागु गरेर नै सफलता हासिल गरेको बताए । सिले भने चीन राजनीतिक मोडलका बारेमा कसैको प्रवचन सुन्न तयार नभएको तर बिभिन्न सभ्यताबाट सिक्नका साथै अरू देशका असल सुझाव र रचनात्मक आलोचना भने चीनले सधै सकारात्मक रूपमा लिने बताए । चीन संसारका शान्तिप्रिय, प्रगतिशिल र प्रजातान्त्रिक देशहरूसँग सहकार्य गर्न झनै खुल्ला भएर अघि बढ्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको