१७ श्रावण २०७८, आईतवार

राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना संक्रमण



१७ असार, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनालाई कोरोना संक्रमण भएको छ । यहि कारणले अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण पनि स्थगित भएको छ ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार प्रशिक्षणअघि गरिएको पिसिआर परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

राईले भने, ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएकाहरूमा पुनः कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउँछ । कोरोना संक्रमण देखिएका खेलाडी तथ अफिसियलहरू आइसोलेशन र होम आइसोलेसनमा रहेका छन् ।’

आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता सारिएको एन्फाले सामाजिक सञ्जालमार्फत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु