१७ आश्विन २०८०, बुधबार

प्रधानमन्त्रीले अरुलाई सरकार बनाउन दिंदा हुँदैनथ्यो ?: प्रधानन्यायाधीश राणा



१७ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत लिन नसके पछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न खडा गरेका छन् ।

प्रधानन्यायधिश राणाले संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न आएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको भनी प्रश्न उठाएका हुन् । उनले प्रश्न गरे, ‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ?’

प्रधानन्यायाधीश जबराले थप प्रश्न गर्दै भने, ‘पार्टीको नेताको हैसियतले उहाँले आफ्नो (नेतृत्वमा) मात्र बनाउनु पर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ?’‘ उनले अदालतले संसद विघटन ठिक भएन भनी आदेश दिइसकेपछि किन प्रधानमन्त्री त्यही बाटोतिर गएको भनी प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको