१५ मंसिर २०७८, बुधबार

विद्यार्थी संगठनद्वारा दैलेखमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



१६ असार, दैलेख । संसद् विघटनविरुद्ध दैलेखमा संयुक्त विधार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका ओलीको पुत्ला दहन गरेको छ । विधार्थी संगठनले दैलेखको लोकतान्त्रिक चोकमा प्रधानमन्त्री राष्ट्रपतिका पुत्ला दहन गरेका हुन् ।

दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटनविरुद्धमा दैलेखका विधार्थी संगठनहरू आजबाट आन्दोलिनमा उत्रिएका छन् । विरोध प्रदर्शनका क्रममा विघटित संसदलाई पुनःस्थापनाको माग सहित विभिन्न नाराहरू लगाई प्रदर्शन गरेका छन् । आन्दोलनका क्रममा विद्यार्थी संगठनहरूले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा समेत माग गरेका छन् ।

दैलेखका डीएसपी अनुपम श्रेष्ठका अनुसार पुत्ला दहन गर्ने क्रममा सुरक्षाकर्मी र केहि प्रदर्शनकारी घाइते भएका छन् । उन भने, ‘प्रदर्शनका क्रममा प्रहरी निरिक्षक राजेश साहु घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ । यस्तै प्रर्दशनकारी विद्यार्थी संगठनका केहि कार्यकर्ताहरू समेत घाइते भएको छन् ।’

प्रहरीले पुत्ला दहन गर्ने ३० जना बढि आन्दोलनकारीलाई करिब २ घण्टा नियन्त्रणमा लिई छोडिएको अनेरास्ववियुका केन्द्रीय सदस्य रोहित लामिछानेले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको